लाल ब. एसके / कञ्चनपुर
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी क्षेत्रका केही काँग्रेस नेता कार्यकर्ता पाटी परित्याग गर्दै नेकपामा प्रवेस गर्न थालेका छन् । आउँदै गरेको महाधिवेशनमा नेता कार्यकर्ताविच संस्थापन, देउवा दुई देखिएका गुटसंगै विभिन्न गुट र लोकतान्त्रको हिमायली भनेर पार्टीभित्र आफन्त, नातेदारलाई क्रियाशिल सदस्यता दिएको लगायतका थुप्रै असन्तृष्टी पोख्दै नेकपा प्रवेस गर्न लागेका हुन् । पार्टी निर्माण एव आउँदो महाधिवेशनका लगि अहिलेदेखि नै गुट, जातिय, धर्म एव क्षेत्रीय चिन्तनबाट चलिरहेको पार्टीले आदिवासी जनजाति, दलित समुदायको भलो नगर्ने भन्दै धमाधम नेकपामा प्रवेस गरिरहेको नेताहरुले बताएका छन् ।
काँग्रेसको जस्तो विगतमा असन्तृष्ट रहेका नेता, कार्यकर्ता तथष्ट रहेका बेला अहिले प्रवेस गर्दा अन्यपार्टीबाट प्रवेस गरेको भन्दै अर्नगल प्रचारबाजी भन्दा नेकपाले प्रचार नगर्ने र अहिले प्रवेस गरेकाको पनि प्रचार नगदिन आग्रह गरेका छन् । बेलौरी नगरपालिका १० का बिन्दुराम चौधरी लगायत दर्जनौँले काँग्रेस परित्याग गरि नेकपामा प्रवेस गरेको नेकपा नेता अमर चौधरीले बताए । नेकपा प्रवेस गरेका काँग्रेस नेता कार्यकर्ताहरुलाई नेकपा नेताहरु अमर चौधरी, नेकपा सुप प्रदेश सदस्य पोलिलाल चौधरी, मदन बडायक, दिपक तिम्लिसिना, यज्ञराज कडेल लगायतका नेताहरुले टिका लगाएर पार्टी प्रवेस गराएका थिए । नेकपाको पार्टी सिद्धान्त, विधी प्रकृया र काम गराईशैली लोकतान्त्रिक भएकाले पार्टी प्रवेस गरेको उनीहरुले प्रकृया दिएका छन् ।