सिटिजन लाईफ इन्स्योरेन्सले महेन्द्रनगर शाखाले दियो ६ लाख ५० हजार मृत्यु दावी भुक्तानी

कञ्चनपुर : सिटिजन लाईफ इन्स्योरेनस क.ली. महेन्द्रनगर शाखाले मृत्यु दावी भुक्तानी वाफतको ६ लाख ५० हजारको चेक दिएको छ ।

मिति २०७५ पौष २ गते पशुपति पाठकले सिटिजन लाईफ इन्स्योरेन्स क.ली.मा जीवन सारथी बिमा योजनामा विमाङ्क रु ५ लाखको २० वर्षे अविधिलाई विमा गरेकी थिईन् ।जस अन्तरगत विमित पाठकले रु १ लाख ७२ हजार १ सय ४० रुपैया विमा कम्पनीमा भुक्तानी गरेकी थिईन् । विमित पाठकको यही असोज १५ गते उच्चरक्तचापका कारण मृत्यु भएको थियो ।

सिटिजन लाईफ इन्स्योरेन्स क.ली.ले उनको मृत्यु पश्चात बुधबार मृत्यु दावी भुक्तानी वाफतको रु ६ लाख ५० हजारको चेक मृतक पशुपति पाठकका श्रीमान् प्रेम प्रकाश पाठकलाई वहाँकै पाठक डेरी इण्डष्ट्रिजमा गई हस्तान्तरण गरेको
छ । चेक हस्तान्तरण सिटिजन लाईफ इन्स्योरेन्स क.लीका महेन्द्रनगर शाखा प्रमुख धनेश्वरी भट्ट बोकटीले गर्नु भएको थियो ।

ताजा समाचार

spot_img