नेफ्स्कून प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापकमा सृर्जना बचत तथा ऋण सहकारी संस्था लि. दोधारा चाँदनीका व्यवस्थापक नयन सिह ठगुन्ना सम्मानित


कञ्चनपुर : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी(नेफ्स्कून)ले भव्यतका साथ आफ्नो ३६ औं स्थापना दिवस तथा ३२ औं वार्षिक साधारण सभा मनाएको छ । कार्यक्रम पौष ७ र ८ गते काठमाडौंमा भएको थियो । उक्त अवसरमा सुदूरपश्चिम प्रदेश बाट नेफ्स्कून प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापकमा सृर्जना बचत तथा ऋण सहकारी संस्था लि. दोधारा चाँदनीका व्यवस्थापक नयन सिह ठगुन्नलाई नगद सहिद दोसल्ला ओढाई सम्मानका साथै प्रशंसा पत्र प्रदान गरेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको उत्कृष्ट सहकारीमा लम्की कैलालीको तिला कर्णाली सहकारी सम्मानित भएको छ ।
उक्त कार्यक्रममा बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ (नेफ्स्कुन)को ३२ औं साधारण सभाबाट नयाँ टिम निर्वाचित भएको छ ।

जसमा संचालक समितिमा अध्यक्ष चन्द्र प्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, संचालकहरु सिता ढकाल पौडेल(महिला) मन्दरा मिश्र (महिला), कमला देबी गिरी (महिला) लक्ष्मी सापकोटा (कोशी प्रदेश) शोभा कुमारी राउत (मधेश प्रदेश), खेम राज सुबेदी (वाग्मती प्रदेश)गोपाल प्रसाद गौतम (गण्डकी प्रदेश, ज्ञानु पौडयाल (लुम्बिनी प्रदेश), बीर बहादुर भोटे (कर्णाली प्रदेश) दिप्ती शही (सुदूरपश्चिम प्रदेश), खुल्ला तर्फ नवराज अर्याल, देव कुमार श्रेष्ठ, सुशील कुमार बस्न्यात, शालिक राम ढकाल र लेखा सुपरिवेक्षण समितिमा लेखा समिति संयोजक इन्द्र राज ज्योति पौडेल, लेखा समिति सदस्य,हेम राज विष्ट, र दुर्गा तिवारी सन्जेल निर्वाचित भएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img