आँखाका विरामीको खोजी गरी निःशुल्क उपचार सेवा प्रदान गर्न चिकित्सकको टोली खटाईदै


राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : गाउँ गाउँमा आँखा विरामीको खोजी गरी निःशुल्क उपचार सेवा पुरयाउनका लागि कृष्णपुर नगरपालिकाले तेह्र स्थानमा चिकित्सकको टोली खटाएर चेकजाँचको व्यवस्था मिलाएको छ । वायू प्रदुषण र अत्यधिक मोवाईल फोनको प्रयोगले बालबालिका देखि बुढापाकाहरु सम्ममा आँखाको समस्या देखिन थालेपछि नगरपालिकाले बृहत्त आँखा शिविर सञ्चालनको कार्यक्रम अघि सारेको छ । नगरपालिकाका नौ वटै वडाका १३ स्थानमा धनगढी नेत्रालय र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको सहयोगमा पुस १ गते देखि १७ गते सम्म निःशुल्क आखाँ शिविर सञ्चालन गर्नका लागि स्थान निर्धारण गरिएका छन । आँखाका विरामीलाई सेवा लिन सहज हुने गरी पायक पर्ने ठाउमा शिविर सञ्चालनका लागि स्थान निर्धारण गरिएका हुन । नगरपालिकाको स्वास्थ्य शाखका प्रमुख रतन बहादुर बिष्टका अनुसार वडा नं एकको तीन स्थानमा, दुईको दुई स्थानमा, चार को दुई स्थानमा र अन्य वडाको एक÷एक स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरिन लागेको छ ।

शिविरमा निःशुल्क आँखा जाँच सेवा, औषधी वितरण र चश्मा वितरण गरिने छ । आँखामा मोतियाबिन्दु, र जलबिन्दु लगायतको समस्या भएका व्यक्तिहरुको धनगढी नेत्रालयमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख बिष्टले बताउनु भयो । “आँखाको समस्या लिएर स्वास्थ्य चौकीमा आउने बिरामीको सङख्या निकै बढी छ” नगर प्रमुख हेमराज ओझाले भन्नु भयो, “स्थानिय बासिन्दाको घर आँगनमै निःशुल्क आँखा जाँच गर्ने व्यवस्था मिलाएका छौं ।”
मोवाईल तथा कम्प्युटरको अधिक प्रयोग संगै वायूमा देखिएको प्रदूषणले बालबालिका, तन्नेरी र बुढापाकाहरुमा दृष्टीदोष, आँखा रातो हुने, चिलाउने, मोतियाबिन्दु, जलबिन्दु, मासु पलाउने लगायतका समस्या देखिने गरेको उहाँले उल्लेख गर्नु भयो । बालबालिका र तन्नेरीहरुमा केहीलाई छाडेर अधिकांसमा आँखा सम्बन्धी सामान्य खाले समस्या देखिने गरेको भएपनि बुढापाकाहरुमा मोतियाबिन्दु र जलबिन्दु लगायतको समस्या अधिक देखिने गरेको उहाँको भनाई रहेको छ ।

गत वर्ष नगरपालिकाले नौ वटै वडामा आयोजना गरेको निःशुल्क आँखा शिविरमा पाँच हजार व्यक्तिले सेवा पाएका थिए ।
जस मध्ये चार सय जनाको निःशुल्क रुपमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाईएको थियो । एक हजार दुई सय जनालाई निःशुल्क रुपमा चश्मा वितरण गरिएको थियो । सञ्चालन हुन लागेको निःशुल्क आँखा शिविरमा यस वर्ष सात हजार देखि १० हजार व्यक्तिहरुलाई सेवा दिने तयारी गरिएको छ । आवश्यक औषधीको व्यवस्था संगै शिविरमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक लगायतको खाने बस्ने व्यवस्था नगरपालिकाले गर्ने छ । चश्मा वितरण संगै आँखाको चिकित्सकीय सेवा धनगढी नेत्रालयले गर्ने बताईएको छ ।
च्


Loading Viewer...

ताजा समाचार

spot_img