कञ्चनपुर : कञ्चनपुरका विद्यार्थी नेता एव युवा अभियन्ता भुवन सिह विष्टले आरक्षपीडितको समाजिक न्यायका लागि अनुरोध गरेका छन । स्थानीय युवा अभियन्ता विष्टले विस्थापित भएको अढाई दशकदेखि पुर्नस्थापनाको पर्खाईमा रहेका आरक्ष पीडितको समाजिक न्यायका लागि अनुरोध गरेका हुन ।

भीमदत्त नगरपालिका ४महेन्द्रनगर आरक्षपीडित शिबिरको स्थलगत अनुगमन गर्दै विष्टले पीडितको तत्तकाल अस्थायी र दिर्घकालिन रुपमा स्थायी पुर्नस्थापना गर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने सुझाव दिएका छन । ‘राज्य आरक्षपीडितको अभिभावक बन्नुपर्छ तत्तकाल ओभानो स्थानमा व्यवस्थापन गर्नुपर्छ, ‘उनले भने, ‘विपद्का घटना घटेर मानिस घाईतेदेखि मृत्युबरणका घटना रोक्नुपर्छ, सरकारले सय दिनमा सबै नागरिकको खुसी ल्याउँछु भनेको थियो, तर आरक्षपीडितको हकमा त्यो ल्याउन सकेको छैन ।ढिलो भएपनि ल्याउनुपर्छ ।’

विपदका बेला पीडितहरु एकातिर डुवान अर्कातिर रुखका हाङगा, रुखै ढलेर घाईतेदेखि सर्प लगायतका विषालु जिवजन्तुबाट घाईते भएकाले कहालिलाग्दो अवस्थामा पीडितका लागि न्याय दिलाउन आग्रह गरेका छन । पीडितमाथि न्याय गर्दै उनीहरुलाई यो विपद्का लागि चाहिने आवश्यक सहयोग गरिदिन सरकारी तथा गैर सरकारी क्षेत्र, समाजिक अभियन्ताहरुमा अपिल गरेका हुन । पीडितले पनि अल्प र दिर्घकालिन पुर्नस्थापनाको माग अघि सार्दै आएका छन ।











