०५५सालमा असईमा भर्ना भएका प्रहरी अधिकृतहरुद्वारा खाद्यान्न वितरण


कञ्चनपुर : अढाई दशक अघि नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक ९असई०मा भर्ना भएका प्रहरी अधिकृतहरुले कैलालीको धनगढी र अत्तरियामा खाद्यान्न वितरण गरेका छन । ०५५ सालमा प्रहरी सहायक निरीक्षक९असई०मा भर्ना भएका सुदूरपश्चिमका प्रहरी अधिकृतहरुले धनगढीको एक बेसाहरा नागरिकका लागि काम गर्दै आएको संस्था र अत्तरियाको महिला तथा बालबालिका आश्रममा खाद्यान्न वितरण गरेका हुन ।

बुधबार एक कार्यक्तमका विच उनीहरुले २५औँ बार्षिकोत्सव तथा रजत महोत्वको अवसर पारेर दृष्ट्रि फाउण्डेशन नेपाल र महिला तथा बालबालिका सेफ हाउसमा विभिन्न खाद्यान्न वितरण गरेका छन । उतिबेला प्रहरी सहायक निरीक्षकमा भर्ना भएका प्रहरी निरीक्षक लोकराज भट्टले जागिरको सिलसिलामा २५औँ बर्ष पुरा गरेर २६औ बर्षमा प्रवेस गरेको अवसरमा खाद्यान्न सहयोग गरिएको बताए ।

उनका अनुसार दाल, चामल, तरकारी सहितको खाद्यान्न वितरण गरिएको छ । कार्यक्रममा प्रहरी उपरीक्षक श्यामसिह चौधरी, नायब उपरीक्षक सागर बोहरा र सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी सहित सेवा निवृत तथा बहालवाला प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img