कञ्चनपुर : वेदकोट नगरपालिकाको वडा नम्बर ८ गैलनदी बाट विगतका आयोग बाट अधुरा रहेका जग्गाधनी लाई लालपुर्जा वितरण गरिएको छ। उक्त कार्यक्रममा प्रदेश सभा सदस्य माननीय बहादुर सिह थापा ज्यु को प्रमुख आतिथ्य तथा नगर प्रमुख भोजराज बोहरा ज्यु को सभापतित्व रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य एवम् पुर्व आर्थिक मामिला मन्त्री माननीय प्रकाश रावल ज्यु , संविधान सभा सदस्य माननीय कलसा महरा ज्यु , प्रदेश सभा सदस्य माननीय ओम बिक्रम भाट “सरल” ज्यु , भुमी आयोगका अध्यक्ष श्री देबिन्द्र ढुंगाना ज्यु , नगर उप-प्रमुख तुलसी जोशी ज्यु लगायत अतिथिमा वडा अध्यक्ष ज्यु हरु , कार्यपालिका सदस्य ज्यु हरु, वडा सदस्य ज्यु हरु , राजनीतिक दलका प्रतिनिधि ज्यु हरु , पत्रकार ज्यु हरु , लगायत जग्गाधनीहरुको भब्य उपस्थिति रहेको थियो ।






