कञ्चनपुर : सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि.ले दशैंको अवसर पारेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । किसानहरुलाई सहज र सुविधा दिनको लागि घटस्थापनाको शुभ साइत पारेर कृषि सामाग्री सुपथ मुल्यमा उपलब्ध गराउन लागेको सहकारीका अध्यक्ष ईश्वरी खरेलले बताए ।

सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि.ले आज बाट सञ्चालनमा ल्याएको पसलमा कृषि सामाग्री विउ, विजन, मल, खाद्द लगायत कृषि उपकरण पनि सुपथ मुल्यमा उपलब्ध गराउन लागेको हो । यस पसलले दशैं दिपावली मात्र नभैइ बारै महिना सुपथ मुल्यमा समाग्री उपलब्ध गराउने अध्यक्ष खरेलले बताए ।

‘आर्थिक विकास र सामाजिक रुपान्तरणको लागि सहकारी’ भन्ने मुल नारा लिएको सुर्योदय बहुउद्देश्यीय सहकारीमा हाल ५ हजार सदस्य रहेका छन् । सहकारीको निर्णय अनुसार सुपथ मुल्यमा पसल सञ्चालन ल्याएको हो । जसले अहिलेलाई जिल्ला भरी सुविधा उपलब्ध गराउन लागेको हो । सहकारीका अध्यक्षका अनुसार कृषि समाग्रीमा यहाँ बजार मुल्य भन्दा ५ देखि ४० प्रतिशत सम्म छुट दिइने छ।

आज भएको उद्दघाटनमा समारोहमा सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष ईश्वरी खरेलको सभापतित्वमा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रम सञ्चालन सुर्योदय बहृउद्देश्यीय सहकारी संस्था लि.का उप–सचिव उमेश पाण्डेयले गरेका थिए ।






