रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाको दोधारा चाँदनीमा समुदाय प्रहरी कार्यक्रम अन्तरगत विभिन्न समस्याका विषयमा नागरिक संग सवाल जवाफ कार्यक्रम गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, नगरपालिका लगायत विभिन्न कार्यालयका प्रमुख र सरोकारवाल संग समुदाय प्रहरी कार्यक्रम अन्तरगत जनताका समस्याका विषयमा नागरिक संग सवाल जवाफ गरी नागरिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा दोधारा चाँदनीका विभिन्न समस्याहरुका विषयमा नगरवासी नागरिकले गुनासो मुलक सवाल गरेका गरेका थिए । दोधारा चाँदनी नगरपालिका वडा नम्बर-६ का वडा अध्यक्ष ओम बस्नेतले वडा नम्बर ४ देखि १० सम्म पर्ने महाकाली नदीको क्षेत्र भित्रको नदिजन्य पदार्थ उत्खनन् हुन नसक्दा नगरका विभिन्न वडा प्रकोपको जोखिममा रहनु पर्ने अवस्था एका तर्फ सिर्जना भएको छ, भने अर्को तर्फ नगरको राजस्वमा समेत ठुलो घाटा भएको प्रश्न प्रमुख जिल्ला अधिकारी समक्ष राखेका थिए ।

उनले भने “सो क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले उत्खननमा समस्या भएको बताउदै निकुञ्ज संग समन्वय गरेर नदिजन्य पदार्थ उठाउन पाउने व्यवस्थाको माग राखे ।” ‘बरु त्यसको रोयल्टी निकुञ्जले उठाए पनि वस्ती समस्याबाट जोगाउन भएपनि उत्खनन गराउने बातावरण मिलाईयोस’ उनले भने । यस्तै सो क्षेत्रमा खुला सिमा नाकाका कारण लागु औषध कारोबार, मानव बेचविखनको समस्या देखिन चोरी तस्करीको समस्या रहेकाले यसलाई नियन्त्रण गर्नमा जोड दिनु पर्ने वडा नम्बर-६ का स्थानिय विनोद चौधरीले बताए । उहाँले भारतीय नम्बर प्लेटका मोटरसाईकल रोक्नु पर्नेमा जोड दिए । यस्तै नगरको विकास निर्माण र अन्य समस्याका बारेमा नगर प्रमुख लिम्बु समक्ष समेत नगरवासी नागरिकले प्रश्न राखेका थिए । यस्तै अधिकाशंले भन्सार नहुँदा समस्या, शान्ति, सुरक्षा, लागु औषध र घरेलु मदिरा नियन्त्रण र सचेतनामुलक कार्यक्रमको खाँचो रहेकाले स्थानिय प्रशासनले जोड दिनु पर्ने धारण राखेको समुदाय प्रहरी साझेदारीका जिल्ला सचिव विमल खडायतले बताए । जवाफमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जदिजन्य पदार्थका सवालमा निकुञ्ज संग समन्वय गरेर जिल्ला स्तरिय विपद व्यवस्थापन समितिमा कुरा राखेर खाल्ने विषयमा काम गर्ने बताउनु भयो । यस्तै सिमा समस्या र भन्सार नाकाको समस्या देशको समस्या रहेको बताउदै यसका विषयमा समेत आफुले सम्बन्धित मन्त्रालयमा कुरा राख्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले जिल्लाको शान्ति सुरक्षा, चोरी तस्करी नियन्त्रण, लागु औषध नियन्त्रण देखिन विभिन्न क्षेत्रमा प्रहरीले कानुन विपरित कार्य गर्ने विरुद्ध अभियाननै चलाएको बताए । उनले भने “अहिले हामिले जिल्लाका विभिन्न क्षेत्रमा भन्सार छलीका समान बरामद गर्ने क्रममा ठुला गोदाममा छापानै मारेर बरामद गरिरहेको बताए ।” ‘हामिले चोरी तस्करी नियन्त्रणका सवालमा जिल्लामा प्रहरी एक्सनलाई कडाईका साथ लागु गरेको बताउदै पछिल्लो बर्षको तुलनामा प्रहरीले मात्रै १ सय ६३ प्रतिशतले राजस्व बृद्धि गराएको बताए ।’ यस्तै अन्य लागु औषध नियन्त्रणका सवालमा समेत अभियाननै चलाएको प्रहरी उपरिक्षक थापाले बताए । जसमा लागु औषध कारोवारी देखिन सेवनकर्ता सम्मकालाई पक्राउनै गरेर मुद्धा चलाएको बताउनु भयो । दैनिक जसो मात्रै थुनुवा कक्षमा साठि प्रतिशत थुनुवा लागु औषधका रहने गरेको बताए । यस्तै उहाँले लागु औष नियन्त्रणका सवालमा सबै नागरिकले जिम्मेवार भएर लाग्नु पर्ने धारणा राख्नु भयो । नगर प्रमुख लिम्बुले नगरका विकासि योजना देखिन ठुला साना योजनामुलक कार्यक्रम लागु गर्नमा आफु लागेको बाताए । उहाँले आफुले निर्वाचित भए पश्चात थुप्रै कार्य गरेको बताउदै नगरका बार्षिक योजना र गुरु योजनाका बारेमा उठेका प्रश्नको जवाफ दिएका थिए । जसमा नगरले पन्चबर्षिय योजना बनाउन नसकेको र अबका दिनमा सो काम गर्ने गरी अघि बढने सुनाए । उनले नगरमा शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधारका क्षेत्रमा आफ्नो एक डेढ बर्षे कार्यकालमा सोचे अनुरुप काम गरेको दावि गरेका छन् ।

दोधारा चाँदनीमा समुदायिक प्रहरी साझेदारीको शाखा खोल्न तदर्थ समिति गठन गर्ने गरी निर्णय समेत भएको समुदाय प्रहरी साझेदारीका अध्यक्ष बोगटीले बताए । उनले आगामी दिनहरुमा समेत जिल्लाका विभिन्न भेगमा आफ्ना यस्तै कार्यक्रम गर्ने बताएका छन् । समुदाय प्रहरी साझेदारी कञ्चनपुरका अध्यक्ष कृष्ण प्रसाद बोगटीको सभापतित्वमा गरिएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहनु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापा, सशस्त्र प्रहरी नायव उपरिक्षक भिम बहादुर चन्द, दोधारा चाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बु, उपप्रमुख गंगा देवी जोशी, ६ नम्बरका वडा अध्यक्ष ओम बस्नेत, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. जयनन्दन प्रसाद शाह, ईलाका प्रहरी कार्यालय दोधारा ईन्चार्ज प्रहरी निरिक्षक होम प्रसाद चौधरी लयागत विभिन्न क्षेत्रका सरोकारवाला र सर्वसाधारण नगरवासीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो । भने उक्त कार्यक्रमको सञ्चालन समुदाय प्रहरी साझेदारी कञ्चनपुरका सचिव विमल खडायतले गर्नु भएको थियो ।






