ब्रम्हदेब–टनकपुरलाई धार्मिक नाका बनाउन छलफल

छिमेकी मुलुक भारत जोड्ने टनकपुर पुलमा साना खाले गाडी लाई आवतजावत गर्न पहल कदमी चाल्ने ! के सकारात्मक रहला भारत ?


कञ्चनपुर : जिल्लाको उत्तरी क्षेत्र ‘ब्रम्हदेब–टनकपुर’लाई धार्मिक नाकाकै रुपमा संचालन गराउनुपर्नेमा जोडदिएका छन ।

आइतबार सिद्धनाथ मन्दिर संरक्षण समितिले आयोजना गरेको छलफल कार्यक्रममा कञ्चनपुरका सरोकारवालाले ‘टनकपुर–ब्रम्हदेब’लाई धार्मिक नाकाकै रुपमा विकसित गराउनुपर्नेमा जोडदिएका हुन । भारत उत्तराखण्ड चम्पावत जिल्लाको पुर्णागिरी मन्दिर र नेपाल सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको सिद्धनाथ मन्दिर धार्मिक आस्थाका केन्द्रबिन्दु बनेकाले दुवैलाई जोड्ने गरी धार्मिक नाका विस्तार गर्नुपर्नेमा उद्योगी, व्यवसायी एव मन्दिर समितिका सरोकारवालाले बताएका छन । महाकाली नदीपारी पुर्णागिरी र वारी सिद्धनाथ मन्दिर (नेपाल–भारत)का धर्मालम्बीको आस्थाका केन्द्रबिन्दु बनेकाले सीमा नाका क्षेत्रमा सहज आवत जावतका लागि धार्मिक नाकाकै रुपमा विकसित गराउनुपर्ने अपरिहार्यकता रहेको औल्याएका छन ।कञ्चनपुरका युवा उद्यम कृष्ण पाठकले टनकपुर–ब्रम्हदेब नाका धार्मिक रुपमा महत्वराख्ने भएकाले धार्मिक नाका बनाएर दुवैतर्फको व्यवसाय बृद्धि विकास गर्न सरकार गम्भिर हुनुपर्ने बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका निर्वतमान उपाध्यक्ष माधव जोशीले पुर्णागिरी–सिद्धनाथलाई सिधै जोड्नका लागि टनकपुर पुल संचालन हुनुपर्ने बताए । ‘यो टनकपुर पुल संचालन भए दुवै मन्दिर तर्फ दर्शनार्थी सहजै आवत जावत गर्न सक्नेछन, ‘उनले भने, ‘त्यसका लागि भारत–नेपालका स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार अग्रसर हुनुपर्छ ।’

भीमदत्त नगरपालिका ९का वडाध्यक्ष गगन नाथले हरेक बर्ष पुर्णागिरी मेला, नवरात्रदेखि अन्य धार्मिक तिथिमितिमा नेपाल र भारत दुवै देशका दर्शनार्थी दुवैतर्फ आवत जावत गर्ने भएकाले धार्मिक नाका विस्तार गर्नुपर्ने बताए । ‘ब्रम्हेदब–टनकपुरलाई धार्मिक नाकाकै रुपमा विकसित गराउन आफ्नो तर्फबाट पुर्ण पहल गर्छु, ‘उनले भने, ‘यसमा प्रदेश र संघीय सरकारको समेत साथ सर्मथन सहयोग चाहिन्छ ।’ब्रम्हदेब खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशव चन्दले दुवै देशका सबै सरोकारवाला निकाय सरकारले यस नाका संचालनको विषयमा एक धारणा एक रुपता आवश्यक रहेको बताए । ‘यो नाकालाई धार्मिक पर्यटकिय गन्तव्य नै बनाउन हामी दुवै देशका सरोकारवाला एक ठाँउमा आउनुपर्छ, ‘उनले भने, ‘धार्मिक नाकाको विकास गर्न दुवै तर्फका सम्बन्धीत सरोकारवाला एव सरकारको अग्रसरता आवश्यक छ ।’

बम्हदेब बजार व्यवस्थापन समितिका उपाध्यक्ष शंकर विष्टले दुवै देशको बस्तुस्थिति अनुरुप सरकारले आवश्यक पहलकदमी चाल्नुपर्ने बताए । नाका विस्तार नहुँदा पुर्णागिरी र सिद्धनाथ मन्दिरमा आउने दर्शनार्थीले लामो दुरी पैदल हिड्नुपर्ने बाध्यता रहेको बताए । धार्मिक नाकाकै रुपमा विकसित भए दर्शनार्थीलाई सहज हुने बताए ।

सिद्धनाथ मन्दिर समितिका अध्यक्ष नारायण महताले ब्रम्हदेब–टनकपुर नाका विस्तारका लागि मन्दिर समितिका तर्फबाट आवश्यक पहल गर्ने बताए । अध्यक्ष महताले मन्दिर समितिले वडा, पालिका, जिल्ला, प्रदेश, केन्द्रसम्मै नेपाल तर्फ र भारतमा समेत पहल गरिने बताए । ‘एक पटक यस विषयमा भारतीय व्यसायी, उद्योगी एव उता पुर्णागिरी मन्दिर समितिका पदाधिकारीसंग समेत छलफल गछौँ, ‘उनले भने, ‘यो हामी दुवै देशका लागि ऐतिहासिक विषय पनि हो ।’

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले नेपालको ब्रम्हदेब उत्तरमा चिन र दक्षिणमा भारतसंग जोड्ने मुलबिन्दु भएकाले दुवै तर्फका मन्दिरमा आउने दर्शनार्थीलाई धार्मिक पर्यटककै रुपमा अघि बढाएर धार्मिक नाका विस्तार गर्नुपर्ने बताए ।

‘भारतको पुर्णागिरी मन्दिरमा आउने पर्यटक स्वत सिद्धनाथ मन्दिरमा दर्शन गर्न आउँछ, ‘उनले भने, ‘सिद्धनाथ मन्दिर पुगेको पर्यटकलाई हामीले सुपका अन्य धार्मिक क्षेत्रमा पु¥याउनुपर्छ ।’ उक्त क्षेत्रलाई धार्मिक नाकाकै रुपमा विकसित गर्न मान्यता दिलाएर संचालनका लागि दुवै देशका सरकार अग्रसर हुनुपर्नेमा जोडदिए । यसैविच कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले ब्रम्हदेब बजार मन्दिर क्षेत्रमा रातीका बेला उज्यालोका लागि २० थान एलईडी लाईट समेत वितरण गरेका छन ।


ताजा समाचार

spot_img