विपद्बाट बाँच्नका लागि दोधाराचाँदनीको पट्टराखल्लामा कल्भर्ट निर्माण


कञ्चनपुर : विपद्बाट बाँँच्नका लागि कञ्चनपुरको दोधाराचाँदनी पट्टराखल्लामा कल्र्भट निर्माण गरिएको छ । दोधराचाँदनी नगरपालिका ३ सीमावती पट्टरागाँउमा रहेको खल्लामा कल्र्भट निर्माण गरिएको हो ।
मर्सिकोर र निड्स नेपालको साझेदारीमा संचालित समुदायको वाढी उत्थानशिल मापन(एफएमआरीसी) कार्यक्रम अन्र्तरगत उक्त नालामा कल्र्भट निर्माण गरिएको छ । सीमावर्ती जोगबुढा नदीको भङगालो क्षेत्रमा रहेको नालामा कल्र्भट निर्माण भएपछि स्थानीयलाई आवत जावतमा सहजता भएको छ । वाढी आएका बेला पट्टरागाँउका स्थानीयलाई सुरक्षित स्थानमा जान र दैनिक आवत जावतमा सहजता भएको छ ।
प्रगतिशिल सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष चन्द्र सुनारले कल्र्भट निर्माण भएसंगै विप्दका बेला सुरक्षित स्थानमा सर्न र दैनिक आवत जावतमा सहजता भएको बताए । उनले यस अघि बर्षातका बेला नालामा वाढी आउँदा सुरक्षित स्थानमा सर्नदेखि अन्य स्थान जानका लागि समस्या भएपछि अहिले टरेको बताए ।
निड्स नेपाल (एफआरएमसी) परियोजना कार्यक्रम संयोजक नविन भण्डारीले समुदायको आवश्यकता अनुरुप कल्र्भट निर्माण गरिएको बताए । (एफआरएमसी) परियोजना कार्यक्रम संयोजक भण्डारीले परियोजनामार्फत दोधाराचाँदनीको पट्टराखल्लामा कल्र्भट निर्माण महाकाली र जगबुढा नदीको उच्च जोखिममा रहेको बस्ती सुरक्षित पार्नका लागि सुरक्षित घर (सेफ हाउस) निर्माण गरिन लागिएको बताए । यसका साथै विपन्न समुदायलाई आत्मनिर्भर बनाउन बाख्रा पालनका कार्यक्रम समेत संचालन गरिएका छन । विपन्न समुदायले निःशुल्क बाख्रा र खोर पाएपछि बाख्रा पालन व्यवसायमा जुटेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img