कञ्चनपुर: चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका २वाणिको चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्थाको सोमबार एक कार्यक्रमका विच ११औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले सहकारीलाई उत्पादनमुखी बनाउँदै लैजानुपर्नेमा जोडदिए । प्रदेश संसद सरलले सहकारीलाई आफ्नो तर्फबाट सहयोगको बाचा समेत गरेका छन ।

सहकारीका संस्थापक समेत रहेका कार्यक्रममा बिशिष्ठ अथिति निवर्तमान प्रदेश सभा सदस्य महेश दत्त जोशीले सहकारी मार्फत किसानका लागि आत्मनिर्भकार कार्यक्रम ल्याउनुपर्नेमा जोडदिर्दै कृषिको विकास हुने बताए । सहकारीका अध्यक्ष शिवदत्त पन्तको अध्यक्षतामा भएको कार्यक्रममा संसददेखि सहकारकर्मी, किसानको सहभागिता रहेको थियो ।







