कञ्चनपुर : कञ्चनपुर कारागारमा विवाद उत्पन्न भएको छ । सोमबार कञ्चनपुर कारागार महेन्द्रनगरमा विवाद उत्पन्न भएको हो । लागु औषध मुद्दाका कैदीबन्दी सुबास भट्टले आफुलाई कुटपिट गरेको र रकम मागेको भन्दै घरमा गुनासो राखेपछि घर परिवारले कारागार बाहिर बिरोध प्रर्दशन गर्दै नाराबाजी गरेका थिए । गोदाबरी नगरपालिका ५ गेटाका स्थानीय भट्टले घर परिवारलाई फोन गरेर आफुबाट रकम मागेको र कुटपिट समेत गरेको बताएपछि घर परिवार बाहिर आएर रकम माग्ने र कुटपिट गर्ने माथि कार्बाहीको माग अघि सारेका थिए ।

भट्ट परिवारले जेलका नाईके र चौकीदारले कुटपिट गरेको आरोप लगाएका थिए । तर, कञ्चनपुर कारागार प्रशासनले कुनैपनि नाईके र चौकीदारले भट्टलाई कुटपिट नगरेको जनाएको छ । कञ्चनपुरका जेलर माया थापाले जेलभित्र कुनैपनि व्यक्तिलाई कुटपिट नभएको, कसैबाट समेत रकम संकलन नभएको बताईन । ‘जेलमा भट्टले भने जस्तो कुनैपनि अनैतिक गतिबिधी कुटपिट रकम माग्ने काम भएको छैन, ‘उनले भनिन, ‘भट्टलाई ब्लक सार्दा असन्तुष्ट भई घरमा गलत सुचना प्रवाह गरेर आफन्तले बिरोध गरेका छन ।’

कञ्चनपुर कारागारका नाईके टेकराज जोशीले पनि भट्टमाथि कुटपिट नभएको बताए । उनले भट्ट सहित अन्य कुनैपनि व्यक्ति मानिसमाथि कुटपिट नभएको र निराधार आरोप मात्रै भएको बताए । ‘कसैमाथि पनि कुटपिट भएको छैन, उनले लगाएको आरोप पनि निराधार हो, ‘उनले भने, ‘भट्टले घरमा गलत सुचना प्रवाह गरेकै कारण घर परिवार आएर आक्र्रोसित हुनु थिएन ।’ सम्पूर्ण कैदीबन्दीहरुले प्रकास भट्टको सरुवाको माग अघि सारेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । सोमबार उक्त विवाद भएपछि कञ्चनपुर कारागारमा रहेका कैदी भट्टलाई अन्त्रत्र सारिएको जेलर थापाले बताईन । सोमबारसम्म कञ्चनपुर कारागारमा ४सय ४५कैदीबन्दी रहेका छन ।







