कञ्चनपुर: नेपाल नाई संघ कञ्चनपुरले हरेक महिनाको अन्तिम मंगलबार नाई पसल बन्द गर्न आब्हान गरेको छ । सोमबार नाई संघ कञ्चनपुरको बैठकले हरेक महिना अन्तिम मंगलबार पसल बन्द गर्न आब्हान गरेको हो । नाई संघ कञ्चनपुरका अध्यक्ष राम सोगारथ ठाकुरले पसल बन्द नगरे ५ हजार जरिवाना तोक्ने र पाँच दिनका लागि पसल बन्द गराउने बताए ।

नाई संघ कञ्चनपुरको बैठकका नाई सघको नाममा अनाधिकृत रुपमा चन्दा संकलनदेखि पसलधनीहरुलाई दुख दिने काम भईरहेको भन्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराउने विषयमा छलफल गरिएको छ । यसका साथै ग्राहकबाट अनाधिकृत रकम नलिने, र लिष्ट अनुरुप मात्रै रकम लिन आब्हान गरेको छ ।

नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष राम सोगारथ ठाकुरको अध्यक्षमा बसेको बैठकका प्रमुख अतिथि काँग्रेस जिल्ला सचिव भीमराज भट्ट रहेका थिए । भने कार्यक्रममा नेपाली काँग्रेस ट्रेड यूनियन जिल्ला अध्यक्ष मालती पन्त सहितको सहभागिता रहेको थियो । नेपाल नाई संघ कञ्चनपुरको सल्लाहकार प्रदिप कुमार ठाकुरलाई प्रमाण पत्र दिईएको छ ।







