कुमगडाबाट भरुवा बन्दुक बरामद


कञ्चनपुर : प्रहरीले कञ्चनपुरको उत्तरी चुरे भेग कृष्णपुर नगरपालिका कुमगडा गाँउबाट तीन थान भरुवा बन्दुक बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले कृष्णपुर नगरपालिका १ कुमगडाबाट तीन थान भरुवा बन्दुक बरामद गरेको बताए ।

गयराती प्रहरीको गस्ती टोलीले राष्ट्रिय वन क्षेत्रमा पसेका दुई जना बन्दुक छाडेर भागेको र बन्दुक मात्रै बरामद गरिएको बताए । शिकारी गर्नका लागि जंगल प्रवेसका व्यक्तिले प्रहरी देखेपछि बन्दुक छाडेर भागेको जनाईएको छ । उक्त बन्दुक फालेर भाग्ने मानिसको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img