कञ्चनपुर : भीमदत्त नगरपालिका – १३ मा स्थीत बडैपुरमा सुनाहा जातिले गुरिया पर्व धुमाधाका साथ मनाएका छन् । परापुर्वकाल देखि चल्दै आएको यो पर्व सुनाह जातिले हरेक वर्ष मनाउदै आएको भल्मन्सा घनशयाम सुनाहाले बताए । बडैपुर देखि महाकाली नदी सम्म सुनाहा जातिका महिला र पुरुषहरुले (पार्वती माता, गौरा देवी)को आराधाना गर्दै महाकाली नदीमा धुप दिप प्रज्वलन गरी प्रसाद वितरण गरेका थिए ।
साउन महिनामा गुरिया देवी (गौरादेवीको) पुजा आराधाना गर्ने गर्दछन् । लोपन्मुख जातिमा रहेका सुनाहाको भीमदत्त नगरपालिकाको ३ वडा वडा ११, १२ र १३ मा बसोबास रहेको छ । जसमा घर धुरी ९६ वटा छन् । कैलाली, बर्दिया र कञ्चनपुरमा रहेको सुनाहा जाति देशभरीमा ११५० जनाको हाराहारीमा रहेको भल्मन्सा घनश्याम सुनाहाले बताए ’आफुहरुको संख्या थोरै र अति विपन्न परीवार रहेको छ, राज्य, सघं, सस्थामा आफुहरुको कुनै प्रकारको पहुँच नभएकोले सरकारले आफुहरुलाई सुचिकरण, पहिचना र आरक्षणको सुविधा दिनु पर्ने बताए ।
उक्त कार्यक्रममा भल्मन्सा घनश्याम सुनाहाको अध्यक्षता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथी भीमदत्त नगरपालिका नगर उप प्रमुख निलम लेखक जोशी रहनु भएको थियो । विशिष्ट अतिथि वडा नं. १३ का वडा अध्यक्ष राम बहादुर बोहरा र १६ वडाका वडा अध्यक्ष श्री केशव सिह बिष्ट रहनु भएको थियो । सबै जात जातीयताको धर्म संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य रहेको वडा नं. १३ का वडा अध्यक्ष राम बहादुर बोहराले बताए ।