सशस्त्र प्रहरीद्वारा ब्रम्हदेबको झिमिरी खोलामा फसेका मानिसको उद्दार


कञ्चनपुर : सशस्त्र  प्रहरी बलले कञ्चनपुरको उत्तरी भेग भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित झिमिरी खोलामा परेका तीन जनाको उद्दार गरेको छ । खोलामा पानीको सतह बृद्धि भएपछि जोखिममा परेका तीन महिलाको सशस्त्र प्रहरीले उद्दार गरेको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षक देवेन्द्र नाथको नेतृत्वको टोली उद्दार गरेको जनाईएको छ । सशस्त्र प्रहरीले यस अघि जगबुढा, स्याली ओदाल खोलाको फसेका मानिसको उद्दार गरेको थियो । विप्दमा सशस्त्र प्रहरीले कञ्चपुरमा मानवको उद्दारदेखि अस्थायी तटबन्ध निर्माणका काममा खटिएको छ ।


ताजा समाचार

spot_img