मानव बेचबिखन रोकथामको लागी दोधारा चाँदनीको सिमा बस्तीमा माईती नेपालको घरदैलो (हेर्नुस् भिडियो)


दोधारा । ‘बेचबिखनका प्रत्येक पीडित सम्म पुगौं, कसैलाई न्यायबाट बञ्चित नगरौं’ नारा सहित अन्तरराष्ट्रिय मानव बेचबिखन बिरुद्ध दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा बस्तीहरुमा मानव बेचबिखन बिरुद्धमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती आसपास क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि घरदैलो तथा छलफल कार्यक्रम संचालन गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।

अठार नम्वर पिल्लर बस्ती दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा संग गाँसिएको जगबुडा नदीको पारिको दुर्गम बस्ती हो । घरदैलो कार्यक्रममा स्थानियह संग मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयाँ नयाँ तौरतरिकाहरु लगाएत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभाव, अपराधिक गतिविधिमा संलग्न दलालहरुको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिदै गएको हुदां उक्त मानवता विरोधी अपराध लगाएत मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण तथा निर्मुलीकरण गर्न सबैको हातेमालो अपरिहार्य रहदै आएको सम्बन्धमा स्थानियहरु संग छलफल समेत गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुले मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध नियन्त्रण कार्यमा माईती नेपाल संग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिमा क्षेत्रमा माईती नेपाल कञ्चनपुरको घरदैलो कार्यक्रममा दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, वडा सदस्य पिंकी रावत, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्याय, महिला अधिकारकर्मी धनसरा चन्द, बाबाथान प्रहरी चौकीका ईन्चार्ज तथा असई पदम सिंंह साँउद लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिलाई पहिचान गर्न कठिनाइ रहने भएपनि मानव बेचबिखन जस्तो जघन्य अपराध न्युनिकरणका लागि माइति नेपाल संग समन्वय र सहकार्यमा सदैव तत्पर रहेको स्थानियहरुले बताएको महिला अधिकारकर्मी धनसरा चन्दले जानकारी दिएका छन् ।

पछिल्लो समयमा माईती नेपाल दोधारा चाँदनी नगरपालिकामा पनि आफ्नो सुचना तथा परामर्श केन्द्र स्थापना गरि काम गर्दै आएको र बेचबिखन तथा ओसारपसारका घट्नाहरु कम हुदैं आएको आभाष सम्पुर्ण स्थानियहरुले गरेका अधिकारकर्मी चन्दले बताएका छन् । बस्तीमा माईती नेपालले संचालन गरेको घरदैलो क्रममा माईती नेपालको घरदैलो टोली दशगजा क्षेत्रमा पुगेर भारतिय सिमा सुरक्षा बल (एसएसबी) लाई समेत माईती नेपालको टोलीले भेट गरि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा समन्वय गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको अठार नम्वर पिल्लर बस्ती नजिक रहेको सिमा स्तम्भ नम्वर १९ मा पुगेर भारतिय सिमा सुरक्षा बल (एसएसबी) लाई समेत मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको जनचेतनामुलक पर्चा, पम्पलेट बितरण गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । अशिक्षा, खुला नाका, बेरोजगारीका कारण विभिन्न अपराधिक घट्नाहरु बढ्दै गएको अवस्थामा मानव बेचबिखन जस्तो जघन्य अपराध पनि बढ्दै गएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले बताएका छन् ।

अठार नम्वर लिल्लर बस्तीमा मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध कार्यक्रम संचालन गरेर मानव बेचबिखन के हो ? मानव बेचबिखन कसरी हुन्छ ? दलालको तौरतरिका लगाएत कानुनी उपचारको बारेमा आफुहरुले सिक्न पाएको स्थानियबासी सरस्वती भट्टले बताएका छन् । बस्तीमा माईती नेपालले यस्ता जनचेतनामुलक कार्यक्रम गरि दुर्गम बस्तीहरुमा आगामी दिनहरुमा स्थानियहरुलाई सचेत गर्दै लग्नु पर्ने आवश्यकता रहेको स्थानियबासी सरस्स्वती भट्टले बताएका छन् । मानव बेचबिखन तथा ओसार पसारको जघन्य समस्यालाई कुनै एक व्यक्ति वा एक तह तप्काको समस्या हो भनेर नलिई सम्पुर्ण मानवको समस्या हो भनि प्रत्येक व्यक्तिले समाजलाई सचेत पार्न जिम्मेवारी लिनुपर्ने कार्यक्रममा बताईएको छ् । स्थानियहरुलाई अपराधिक क्रियाकलाप विरुद्ध सचेत पार्दै यस्ता घट्ना घटेको खण्डमा माईती नेपाल तथा प्रहरी प्रशासनलाई तुरुन्त खबर गर्नुपर्ने जस्ता कानुनी पाटो बारे जानकारी प्रदान गरी सचेतनामुलक पर्चा पम्पलेटहरु वितरण गर्दै जनचेतनामुलक घरदैलो कार्यक्रम सम्पन्न गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

‘सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डर त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको ईच्छा विपरीत कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ्’ माईती नेपाल कञ्चनपुरको सिमा बस्तीको घरदैलो तथा स्थानियहरु संग छलफल कार्यक्रममा बताईएको छ् ।


ताजा समाचार

spot_img