अवैध अन्तराष्ट्रिय कलवाइपास संलग्न गिरोहका भारतीय युवक सहित तिन युवक प्रक्राउ


कञ्चनपुर : अवैध अन्तराष्ट्रिय कलवाइपासमा संलग्न भारतीय युवक सहित ३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
भीनपा १८ क्याम्पस रोड ५ नम्बर गल्ली स्थित पाचौ तलामा फल्याट भाडामा लिई विगत ४ महिना देखि भारतीय नागरिक र नेपाली मिलि नेपाल टेलिकमको एसआइपी पीविएक्स कनेक्सन गरी कलबाइपास गरिरहेको अवस्थामा भारतीय नागरिक सहित संलग्न ३ जना व्यक्तिहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो, नेपाल टेलीकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक वर्ष ४१का गुल्जार अहमद, दोधारा चाँदनी ७ बस्ने वर्ष ४०का प्रविण खड्का र भीनपा १० जिमुवा बस्ने वर्ष ४७ का दिपक सिह बोहरा रहेका छन् । उनीहरुको साथबाट नेपाल टेलिकमको ल्यान्डलाईन नं. ०९९५९७००० को ६० लाइन क्यापसिटी को यसआईपी पिबीएक्स क्नेसन लाईन १, गेटवे सरभर सिपीयू १ थान, एनटेसी एफटीटीएच वाईफाई राउटर १ थान, मोनीटर १ थान, ल्यापटप २ थान, लाइन केवल २ थान मोबाइल सेट ३ थान, युपिएस र बेटरी १ थान, मल्टीपल्थ १ थान भटिएको जिल्ला प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिए ।

 


Loading Viewer...

ताजा समाचार

spot_img