दोधार । दोधारा चाँदनी नगरपालिकामा नेपाल प्रहरीले बिभिन्न समयमा बिद्यालय तथा समुदाय स्तरमा लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पछिल्ला वर्षहरुमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढे संगै न्यूनीकरणका लागि नेपाल प्रहरीले सचेतना कार्यक्रम संचालन गर्दै आएको हो । प्रहरीले लागुऔषध प्रयोगकर्तालाई नगरपालिका क्षेत्रबाट पक्राउ गरे संगै गाँउ, बस्तीमा न्यूनीकरणका लागि सचेतना कार्यक्रम संचालन गरिदै आएको प्रहरीले जनएको छ् । आज दोधारा चाँदनी नगरपालिका–४ मा रहेको मालिका आधारभुत बिद्यालयमा नेपाल प्रहरीको अस्थायी पोष्ट झोलुङ्गेले लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । बिद्यार्थी, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी, शिक्षकहरुको सहभागितामा एक दिने लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको नेपाल प्रहरीको अस्थायी पोष्ट झोलुङ्गेका प्रसनि बिरेन्द्र बहादुर पुजाराले जानकारी दिएका छन् ।


कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंह, माईती नेपाल कञ्चनपुरका लक्ष्मी कुमारी थापा गुरुङ्ग, मालिका आधारभुत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करन बहादुर सिंह, प्रधानध्यापक कृष्ण राम सुनार, नेपाल प्रहरी अस्थायी पोष्ट झोलुङ्गेका प्रसनि बिरेन्द्र बहादुर पुजारा, प्रहरी जवान यादव दमाई लगाएत बिद्यार्थी तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । लागुऔषध भनेको के हो ? यसबाट हुने सामाजिक तथा स्वास्थ्यमा हुने प्रतिकुल प्रभावको बारेमा प्रशिक्षण गरिएको थियो । लागुऔषध तथा कुलतमा प्राय : किशोर किशोरी तथा विद्यार्थी फस्ने हुनाले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरेर उक्त कार्यक्रम संचालन गरिएको नेपाल प्रहरीको अस्थायी पोष्ट झोलुङ्गेका प्रसनि बिरेन्द्र बहादुर पुजाराले बताएका छन् ।


समाजमा विद्यमान यस्ता घटना रोकथाम तथा न्यूनीकरणका लागि सामाजका सबै नागरिक सचेत र जिम्मेवारी हुनुपर्ने कार्यक्रममा मुख्य रुपमा उठाइएको प्रहरीले जनाएको छ् । कार्यक्रममा लागु औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण तथा बिद्यार्थीहरुलाई जंगलमा आफैं उम्रेका च्याउ जथाभावी नचिनि खादा ज्यानै पनि जान सक्ने हुदा च्याउको पहिचान नगरी नखाने, च्याउहरु विषालु पनि हुन सक्ने हुदा च्याँउ खादा सावधानी अपनाउनु भन्ने विषयमा समेत सचेतना गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले बताएका छन् ।


प्रहरी निरिक्षक साँउदका अनुसार दोधारा चाँदनी नगर क्षेत्रका बिद्यालय तथा गाँउ, बस्तीहरुमा लागुऔषध, मानव बेचबिखन, साईवर क्राईम लगाएत बिभिन्न प्रकारको जनचेतनमुलक कार्यक्र गर्दै आएको समेत जनाएका छन् ।






