कञ्चनपुर : अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशको संयोजकमा पुष्कर जोशी चयन भएका छन । सोमबार अत्तरियामा सम्पन्न भएको क्रान्तिकारी सुप प्रदेश कमिटिको एकता भेला तथा प्रशिक्षण कार्यक्तम पुष्कर जोशीको संयोजत्वमा ३१ सदस्यीय प्रदेश कमिटि चयन गरिएको हो । अखिल क्रान्तिकारी सुप प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले एकता भेलासंगै प्रशिक्षण गरिएको बताए । इन्चार्ज धानुकका अनुसार पाटी केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश सहसंयोजक डायमण्डको प्रमुख आथित्यमा संगठनका केन्द्रीय संयोजक मिलन राई, सह संयोजक बिरेन्द्र शाह लगायतले प्रंशिक्षण दिएको बताए ।

क्रान्तिकारीले ९वटै जिल्ला, सुप विश्वविद्यालय संयोजक समेत तोेकेको छ । कञ्चनपुर संयोजक बिरेन्द्र नाथ, कैलाली संयोजक बिनोद जप्रेल, सु प बिश्वबिद्धालय संयोजक प्रकाश भट्ट, डडेलधुरा संयोजक प्रेम बोहरा,दार्चुलासंयोजक गजेन्द्र साउद,बैतडी संयोजक निशान महरा,डोटीसंयोजक बिष्णु देउवा,बाजुरासंयोजक वसन्त जोशी,अछाम संयोजक कबिता जगेडी,बझाङसंयोजक जीवन खड्कालाई जिम्मेबारी दिएको छ ।

यस्तै प्रदेश सदस्य टेक नेपाली,जीवन साउद,उर्मिला जोशी, गौरी बोहरा,प्रकाश लावड,सावित्री सुनार,हरि अवस्थी, रियान्स भट्ट,प्रियंका बिस्ट,सुनिल परियार,जमुना मगर,प्रमोद के सीसुप प्रदेश इन्चार्ज धानुकका अनुसार प्रदेशमा संगठन विस्तारदेखि समसामयिक विषयमा क्रान्तिकारीले पहल कदमी लिनेछ ।







