दोधारा । ग्रामिण क्षेत्रका बिद्यार्थीहरुका लागि आयोजना गरेको ३ महिने कम्प्यूटर तालिम सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको सहयोग र दोधारा सामुदायिक अध्यन केन्द्रको आयोजनामा ३ महिने आधारभुत कम्प्यूटर तालिम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् । सुक्रवार एक कार्यक्रमको बिच तालिमको समापन गरिएको छ् । वडामा रहेका गरिब तथा बिपन्न बर्गका ८० जना बिद्यार्थीहरुलाई तालिम दिईएको आयोजक संस्था दोधारा सामुदायिक अध्यन केन्द्रले जनाएको छ् । तालिमबाट आफुहरुले कम्प्युटर चलाउन आधारभुत कुरा सिक्ने अवसर पाएको भन्दै सहभागीहरुले खुसी ब्यक्त गरेका थिए ।


३ महिने कम्प्यूटर तालिम सत्रमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडाध्यक्ष ओंम बस्नेत लगाएत नेकपा एमालेका नेता बिनोद चौधरी तथा सहभागीको उपस्थिती रहेको थियो । वडाध्यक्ष ओंम बस्नेतले रोजगारका लागि कम्प्युटर शिक्षा अतिआवश्यक रहेकाले जीवन उपयोगी बनाउन कम्प्यूटरको तालिमको योजना राखेको बताए । आर्थिक अवस्था राम्रो नभएकाहरु कम्प्युटर शिक्षा हासिल गर्न नसक्ने अवस्था रहेको हुदा वडामा रहेका बिपन्न बिद्यार्थीहरुलाई कम्प्युटर शिक्षाको योजना राखेर कार्यक्रम अघि बढाएको वडाध्यक्ष्क्ष खत्रीले बताएका छन् ।

वडामा कम्प्युटर शिक्षा हासिल हासिलका लागी रुची भएर पनि आर्थिक कठिनाईको कारण बन्चित भएका बिद्यार्थीहरुलाई उनिहरुको जिवनमा तालिमले निकै सघाउ पुर्याएको स्थानियहरुले बताएका छन् ।







