दोधारा । महिला पुन:स्थापना केन्द्र (ओरेक) र शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाले मनोसामाजिक परामर्श सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा महिला पुन:स्थापना केन्द्र (ओरेक) ले संजाल शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनी संग समन्वय गरेर बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ् । बुधवार दोधारा चाँदनी नगरपालिकामा रहेको चाँदनी सरस्वती सामुदायिक केन्द्रमा स्वहेरचाह अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले जानाकरी दिएका छन् । कार्यक्रममा महिला वडा सदस्य, शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाका पदाधिकारी, किशोरीहरुको सहभागिता रहेको थियो ।


अभिमुखिकरणको उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, महिला पुन:स्थापना केन्द्र (ओरेक) का रेखा नेपाली, अधिकारकर्मी मथुरा पन्त, शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्री, कोषाध्यक्ष धनसरा चन्द लगाएत किशोरी तथा महिला वडा सदस्यहरुको उपस्थिती रहेका थियो ।

महिलाहरुको मनोसामाजिक समस्याको पहिचान, सुचना र सत्यतथ्य जानकारी प्रदान, मनोसामाजिक समस्याका कारण र लक्षण, मनोसामाजिक समस्याले ब्यक्तिको चार पक्षमा पार्ने असर र स्वहेरचाह, तनाव ब्यवस्थापन, सकारात्मक तरिकाले तनाव ब्यवस्थापन गर्ने तरिका, भावनात्मक सहयोग, तनाव बुझाउने, मनोसामाजिक शिक्षा आदी सम्वन्धी अभिमुखिकरण गरिएको शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाका कोषाध्यक्ष धनसरा चन्दले जानकारी दिएका छन् ।







