कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर माविलाई भारतीय दुताबासबाट प्राप्त विद्यालय बसको स्वागत गरिएको छ । बुधबार एक कार्यक्रमका विच विद्यालय बसको पुजा एव स्वागत गरिएको हो । भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर मावि(साधारण स्कुल)लाई विद्यालय बस पाईएको थियो । महेन्द्रनगर माविका प्रद्यानाध्यापक ललित सिह साउदले आइतबार काठमाण्डौँमा हस्तान्तरण भएको बस बुधबार विद्यालयमा आईपुगेर स्वागत एव अभिभावकसंग छलफल गरिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सुप प्रदेश सभा सदस्य बेल बहादुर राना प्रमुख अतिथि रहेका थिए, शिक्षा विकास निर्देशनालयका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक सहितका जनप्रतिनिधी,पुर्व शिक्षकले विद्यालयको बस प्रभावकारी संचालनमा सुझाव दिएका छन ।
विद्यालयका सहायक प्रअ सरस्वती भाट(धामी)ले सचालन गरेको कार्यक्तममा शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला एव अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो ।

आईतबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेपालका लागि भारतीय राजुदत नविन श्रीवास्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट र प्रद्यानाध्यापक ललित सिह साउदलाई बस हस्तान्तरण गरेका थिए । महेन्द्रनगर मावि (साधारण स्कुल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले दुतावासबाट विद्यालयलाई बस प्रभावकारी सं्रचालनमा प्रतिबद्धता जाहेर गरेका छन ।







