कञ्चनपुर: गत आर्थिक बर्षमा कञ्चनपुरबाट २ अर्ब, १७ करोड भन्दा बढि बजेट फिर्ता भएको छ । आर्थिक बर्ष ०७९/०८० मा पुँजिगत तथा चालु तर्फका विभिन्न शिर्षकमा आएको २ अर्ब, १७ करोड, ९२ लाख, २ हजार ८१४ रुपैया फिर्ता भएको हो । पालिका, प्रदेश र संघीय सरकारका जिल्लाभरी रहेका २सय हराहारीमा रहेका विभिन्न सरकारी कार्यालयले चालु तथा पुँजिगत बजेट खर्च गर्न नसक्दा फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय र प्रदेश लेखा इकाई कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार तीनै वटै सरकारका कार्यालयले गत आर्थिक बर्षमा विनियोजित गरेको बजेट समयमै खर्च गर्न नसक्दा फिर्ता भएको छ । प्रदेश लेखा इकाई कार्यालयका अनुसार केही पालिका सहित प्रदेशका १९ कार्यालयबाट १ अर्ब, ५ करोड, ९ लाख, १४ हजार २५ र कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका अनुसार १ अर्ब, १७ करोड, ३२ लाख, ८८ हजार ७९१ रुपैया फिर्ता भएको छ । प्रदेश लेखा इकाई कार्यालयको तथ्याङ्क अनुसार चालु तर्फ १ अर्ब, २८ करोड, ३४ लाख, ८५ हजार ४२ मध्ये १ अर्ब, २करोड ३७ लाख, ३६ हजार ५५४रुपैया खर्च भएको छ ।

पुँजिगत तर्फ २ अर्ब, ३५ करोड, ९७ लाख, ६ हजार ३२२रुपैया बजेट मध्ये १ अर्ब, ६१करोड, २५ लाख, ४० हजार, ७८५रुपैया खर्च भएको छ । चालु तर्फ २५ करोड, ९७ लाख, ४८ हजार ४८८ र पुँजिगत तर्फ ७४ करोड, ७१ लाख, ६५ हजार ५३६ रुपैया फिर्ता भएको छ । प्रदेश लेखा इकाई कार्यालयका सुचना अधिकारी बीर बहादुर ऐरले प्रदेशबाट पालिकामा रहेका योजना एव प्रदेशका कार्यालयमा पुँजिगत तथा चालु योजना सम्पन्न नभएपछि बजेट फिर्ता भएको बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जिल्लाका संघीय कार्यालयतर्फको चालु ५ अर्ब, ३४ करोठ, २७ लाख, ५१ हजार २५४, पुँजिगत ४ अर्ब, ३६ करोड, ४०लाख, ७५ हजार ७६० गरी ९ अर्ब, ७० करोड, ६८ लाख, २७ हजार ५ सय रुपैया बजेट मध्ये चालु तर्फ ५ अर्ब, १६ करोड, ८३ लाख, २४ हजार, ५१६, पुँजिगत तर्फ ३ अर्ब, ६८ करोड, ३० लाख, ८६ हजार, १७४ गरी ८ अर्ब, ८५ करोड, १४ लाख, १० हजार ६९१ रुपैया खर्च भएको छ । चालु तर्फ १७ करोड, ४४ लाख, २६ हजार, ७२८, पुँजिगत तर्फ ६८ करोड ९लाख, ८९ हजार, ५८५ गरी ८५ करोड, ५४ लाख, १६ हजार ३१४रुपैया फिर्ता भएको छ । स्थानीय तह तर्फ ४ अर्ब, ३४ करोड ९२ लाख, ३६ हजार ६७२ बजेट मध्ये ४ अर्ब, ३ करोड, १३ लाख, ६४ हजार १९५ खर्च र ३१ करोड ७८ लाख, ७२ हजार ४७७रुपैया फिर्ता भएको छ ।

कुल १४ अर्ब, ५ करोड, ६० लाख, ६३ हजार, ६७७ बजेट मध्ये, १२ अर्ब, ८८करोड, २७ लाख, ७४ हजार ८८६ खर्च र १अर्ब, १७करोड, ३२ लाख, ८८ हजार ७९१रुपैया फिर्ता भएको छ । बजेटको अख्तियार ढिला आउँनु, कार्यान्वयन विधी प्रकृयामा ढिलाई, सम्बन्धीत कार्यालयको ढिलासुस्ती, ठेकेदारको लार्पबाही, ढिलो बजेट आउने, ठेक्का कबुल अंक भन्दा कममा ठेक्दा सदर गर्दा बाँकी रहेको रकम सदर नगर्नु, बैदेशिक स्रोतको फुकुवा नहुनु काम गर्ने प्रकृया लामो भएका कारण बजेट फिर्ता, योजना सम्पन्न गर्नका लागि सम्बन्धीत कार्यालय र कर्मचारीमा इच्छा शक्तिको अभावका कारण पनि बजेट फिर्ता जाने गरेको सम्बन्धीत निकायले जनाएका छन् । बजेटमा कमिशनको खेलमा सम्बन्धीत कार्यालयका कर्मचारीले योजना अघि बढाउन नखोज्दा बजेट फ्रिज जाने गरेको जनाईएको छ ।कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरको सुचना अधिकारी बिनोद जोशीले गत आर्थिक बर्षको विचमा केही कार्यालयको बजेट रोक्का गरिएको गृह मन्त्रालयका केही कार्यालयको बजेट फेरी फुकुवा भएपछि बजेट खर्च हुन नसकेको बताए । हरेक बर्ष कञ्चनपुरमा आएको बजेट फ्रिज जाँदा यहाँका स्थानीय चिन्तित भएका छन् । बजेटका कारण जिल्लाको विकास निर्माणमा समेत बाधा उत्पन्न भएको स्थानीयको भनाई छ ।






