कुतियाकवर बस्ती नदीले कटान गर्न थालेपछि अस्थायी तटबन्ध निमार्ण गर्ने सुरसार


दोधारा । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा महाकाली नदी र जगबुडा नदीले खेती योग्य जग्गा कटानी गर्न थाले संगै अस्थायी तटबन्ध निमार्णमा नगरपालिका कार्यालय र गैरसरकारी संस्थाहरु अस्थायी तटबन्ध निमार्ण गर्न सुरसार गरेका छन् । दोधारा चाँदनी नगरपालिका– १० कुतियकवर बस्तीको नदीले कटानी गरेको क्षेत्रको अनुगमनको क्रममा कटानी भएका स्थानहरुमा अस्थायीरुपमा तटबन्ध निर्माण गर्ने भएको हो । दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, वडा सदस्य धन बहादुर थापा, महाविर रोकाया, पिंकी रावत, बब्ली सुनार, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनार, गणेश ठगुन्ना, प्रभुनिधी पन्त, कुतियाकवर बिपद् ब्यवस्थापन समितिका पदाधिकारी लगाएत टोलीले शनिवार कुतियाकवर बस्तीको नदीले कटानी गरेको अवस्थाको स्थलगत अनुगमन गरेको हो । महाकाली नदीले खड्के सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिाल देबी खत्री, जितु खत्री, कले खत्री गरि झण्डै २ बिघाह खेती योग्य जग्गा कटानी गरिसकेको स्थानियबासी टेक बहादुर सुनारले जानकारी दिएका छन् ।

यस्तै जगबुडा नदीमा पानीको बहाव तिब्र हुदै जादा टेक बहादुर टमाटा, तिला खदेबी टमाटा, महेशमणी शर्मा, रतन लाल सुनार, लाल बहादुर सुनार, अशोक सुनारको जग्गा कटानी गर्दै आएको टेक बहादुर सुनारले बताएका छन् । अनुगमनको क्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक महाकाली नदी र जगबुडा नदीले किसानहरुको खेती योग्य जग्गा कटानी गर्न थालेका बताएका छन् । नदीले कटानी गर्दै गरेको किसानहरुको जग्गा तत्कालको लागी नियन्त्रण गर्न अस्थायीरुपमा तटबन्ध निमार्ण गर्नु अरु विकल्प नरहेको बताएका छन् ।

नदी नियन्त्रको लागी अस्थायी तटवन्ध गर्न नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) तयार रहेको उनले बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत संस्थाहरु संग समन्वय गरिे जग्गा कटानी रोक्न अस्थायीरुपमा तटबन्ध बनाउन तयारी गरेको बताएका छन् ।

हालको लागी जग्गा कटानी रोक्न अरु विकल्प नरहेको बताउदै वडाध्यक्ष सिंहले तत्काल अस्थायी तटबन्ध निमार्ण कार्य अघि बढाईने तयारीमा आफुहरु जुटेको बताए ।


ताजा समाचार

spot_img