कञ्चनपुर : राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको संयोजकमा दिनेश विष्ट चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको युवा संघ नेपाल कञ्चनपुरको बैठकले जिल्ला संयोजकमा विष्ट चयन भएका हुन ।

यस अघि जिल्ला उपाध्यक्ष रहेका विष्टलाई सयोजकको जिम्मेबारी पाईएको छ । विष्टको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि विस्तार गरिएको छ । युवा संघको जिल्ला सम्मेलन आगामी साउन २६मा हुनेछ ।







