कञ्चनपुर : नेपाली काँग्रेस बेदकोट नगर समितिले रक्तदान गरेको छ । बेदकोट नगर पाटीले विपी स्मृतिमा रक्तदान गरेको हो ।
नेपाली काँग्रेस बेदकोट नगरका सचिव पवन नेपालीले पाटीका पुर्व सभापति जननेता विपी कोईरालाको स्मृतिमा साताव्यापी कार्यक्रम अन्र्तरगत रक्तदान गरिएको बताए ।

उनका अनुसार साताव्यापी कार्यक्रम अन्र्तरगत सरसफाई, बृक्षारोपण सहितका समाजिक कामकाज गरिनेछ ।
काँग्रेस बेदकोट नगरका कावा सभापति भोजराज भट्टको अध्यक्षतामा काँग्रेस कञ्चनपुर उपसभापति मिन बहादुर सिहको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताहरुको सहभागिता थियो ।







