कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका एक कर्मचारी लागु औषध सहित पक्राउ परेका छन । शुक्रबार पुनर्वास नगरपालिका कर्मचारी सहित दुई जना लागु औषध सहित पक्राउ परेका हुन ।
पुनर्वास नगरपालिका १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडू सहित अर्का युवक असिम थापा पक्राउ परेका छन ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज नरेश राज मल्लले पुनर्वास नगरपालिका ६ एक निर्माणाधिन घरबाट उनीहरुलाई पक्राउ गरिएको बताए । इन्चार्ज मल्लका अनुसार कर्मचारी बडू र अर्का युवकको साथबाट ५४१मिनिग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको छ ।
शुक्रबार कार्यालय नगएका ति कर्मचारी लागु औषध सहित पक्राउ परेका हुन । पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडा सचिव समेत रहेका बडू करारका कर्मचारी हुन । कर्मचारी नै लागु औषधमा संलग्न भएपछि स्थानीय अचम्मित भएका छन ।