कञ्चनपुर : नविल बैंक कञ्चनपुरका एक कर्मचारीले महाकाली अस्पताललाई ह्वीलचियर सहयोग गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर शाखामा कार्यरत कर्मचारी प्रेम जोशीले महाकाली अस्पताललाई ह्वीलचियर सहयोग गरेका हुन । नविक बैंक महेन्द्रनगर शाखाको कर्जा शाखा प्रमुख जोशीले समाजिक सेवा गर्ने उदेश्यले व्यक्तिगत रुपमा अस्पताललाई ह्वीलचियर दिएको बताएका छन ।

नविक बंंैक महेन्द्रनगर कर्जा प्रमुख जोशीले आइतबार एक कार्यक्रमका विच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द जोशी, निमित्त मेसु डा. अर्जुन भट्ट सहितलाई उक्त ह्वील चियर हस्तान्तरण गरेका हुन । अस्पतालमा आउने अशक्त बिरामीलाई बोक्नका लागि ह्वीलचियर सहयोग गरेका बताएका छन । कार्यक्रममा नविक बैंक महेन्द्रनगर शाखा प्रमुख पुरन भाट सहितका बैंंकका कर्मचारी, अस्पताल समितिका सदस्य बिरेन्द्रराज विष्ट, अस्पतालका चिकित्सक, स्वाथ्यकर्मी, कर्मचारीको उपस्थिति रहेको थियो । सहयोगी दाता जोशीप्रति अस्पतालले अभार प्रकट गरेको छ ।







