कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी दोधाराचाँदनी नगर समितिले पालिकामा ज्ञापन पत्र बुझाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी दोधाराचाँदनी नगरका सभापति पुरन कुमालले सगरमाथा बचत ऋण सहकारी संस्थाको विषयलाई लिएर ज्ञापन पत्र बुझाएको बताए ।

रास्वपा सभापति कुमालका अनुसार उक्त सहकारीका ऋणीहरुले पार्टीमा राखेको गुनासोका आधारमा ऋणीहरुको पीडा सम्बोधनको माग अघि सारेर नगर प्रमुख किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएको बताए । उक्त सहकारीबाट ऋण लिएरपनि ०७६मै चुक्ता गरेको र हालसम्म पनि लालपुर्जा फिर्ता नभएको विषयलाई लिएर रास्वपाले मेयर लिम्बुको ध्यानाकर्षण गराएको छ । ज्ञापन पत्र बुझ्दै मेयर लिम्बुले उक्त सहकारी र ऋणीहरुको विषयमा बुझ्ने आश्वासन दिएका छन ।







