दोधारा चाँदनी नगरपालिकाले दियो नेपाल स्काउटलाई बिपद्को उद्धार सामग्री


दोधारा । दोधारा चाँदनी नगरपालिकाले नेपाल स्काउटलाई बिपद्को बेला चाहिने आवश्यक उद्धारका सामग्री हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बुको कार्यक्रम अनुसार नगरपालिकामा रहेको नेपाल स्काउटलाई रु. १ लाख बराबरको बिपद् ब्यवस्थापन सामग्री उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जनाएका छन् ।

आज एक कार्यक्रमको बिच उक्त उद्धार सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगर उपप्रमुख गंगा देशी जोशी, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, नेपाल स्काउट दोधारा चाँदनीका नगर संयोजक दुर्गा बडुवाल, नेपाल स्काउटका खिमा चन्द, दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखक लगाएत स्काउटकर्मीको उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img