कञ्चनपुर : कञ्चनपुको बेलौरी नगरपालिका क्षेत्रका भलमन्सालाई विद्यमान कानुनी विषयमा अभिमुखिकरण गराईएको छ । बेलौरी नगरपालिकाले नगर क्षेत्रमा रहेका भलमन्सालाई विद्यमान देवानी तथा फौजदारी कानुनी विषयमा अभिमुखिकरण गराएको हो । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले भलमन्साहरुलाई अहिलेको कानुनी विषयमा जानकारी गराउने उदेश्यले अभिमुखिकरण गराईएको बताए ।

कार्यक्रममा उच्च अदालत महेन्द्रनगरका न्यायाधिशद्वय कृष्णलाल भट्टराई, अर्जुन प्रशाद कोईराला, बरिष्ठ अधिवक्ता राजेन्द्र प्रशाद साउद, सरकारी वकिल कार्यालय प्रमुख प्रकास भण्डारी, उच्च अदालत बार एसोशिएसन महेन्द्रनगरका अध्यक्ष यज्ञराज जोशीले कानुनी विषयमा जानकारी गराएका थिए । कार्यक्रममा न्यायाधिश, वकिल, कानुन व्यवसायी, बेलौरी नगरका प्रमुख पोतिलाल चौधरी,भलमन्सा थारु समुदायका अगुवा सहितको सहभागिता रहेको थियो ।







