दोधारा । बादी घरपरिवारलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले त्रिपाल बितरण गरेका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले ५ बादी घरपरिवारलाई त्रिपाल बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको सचिवालले जनाएको छ् । दोधारा चाँदनी नगरपािलका– ३ बडुवाल टोलमा बसोबास गर्ने बादी घरपरिवार त्रिपालले छाएको घरमा बस्दै आएका थिए ।


बादी परिवारलाई वर्षाको कारण ठुलो समस्या झेल्दै आएका थिए । च्यात्तीएको त्रिपालमा बस्दै आएको बादी घरपरिवारलाई वर्षाको पानीको कारण छाप्रो चुहिने भएकोले वडा कार्यालय मार्फत दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई बादी घरपरिवारले आफ्नो समस्या सुनाए पछि मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) संग समन्वय गरि उनिहरुलाई छाना छाउनको निम्ती त्रिपालको ब्यवस्था उपलब्ध गराईएको बताईएको छ् ।

आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा बादी घरपरिवारलाई मेयर लिम्बुले उक्त त्रिपाल हस्तान्तरण गरेका हुन् । त्रिपाल पाउनेमा बिरभाने बादी, सितली बादी, बिष्णु बादी, रंगलाल बादी र रेशम बादी रहेका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर, सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले नगरपालिका कार्यालयले समन्वय गरि बादी घरपरिवारलाई त्रिपाल उपलब्ध गराएको बताएका छन् । त्रिपाल पाए संग बादी परिवार खुशी भएका छन् ।

बिगतका दिनरुमा पनि बादी घरपरिवारलाई आर्थिक उपार्जनमा समेत नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले सघाउदै आएको छ् ।






