अक्सफाम नेपाल र निड्स नेपालको सहयोगमा ड्रागनफ्रुटका विरुवा वितरण


कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नम्वर १३ का बाढी प्रभावित क्षेत्रमा अक्सफाम नेपाल र निड्स नेपालको सहयोगमा ड्रागनफ्रुटका विरुवा वितरण गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का बाढी प्रभावित क्षेत्रका वासिन्दाहरुको आर्थिक अवस्था सुभारका लागी अक्सफाम नेपाल र निड्स नेपालको सहयोगमा ड्रागनफ्रुटका विरुवा वितरण गरिएको हो । नगरपालिकाको बाढिको अति संवेदनसिल क्षेत्रको रुपमा रहेको वडा नम्वर १३ को सोनापुर टोलका प्रभावित व्यक्तीहरु लाई सयुत रुपमा खेति गर्ने गरि ड्रागनफ्रुटका विरुवा सहित पिलर वितरण गरिुएको हो । विरुवा प्राप्त गरे पछी स्थानीयहरु समेत खुशि भएका छन । बाढीका कारण धान गहुमा त्यती फाईदा नहुने हुदा महंगौ रुपमा विक्री हुने ड्रागनफ्रुट लगाउदा आर्थिक रुपले समेत मुनाफा गर्न सकिने भन्दै स्थानीयहरुले मिहेनतका साथ काम गर्ने वताएका छन ।

दोधारा जोड्ने चार लेनको पुल नजिक भएको र यस वडामा हप्तै पिच्छे हाट बजार पनी लाग्ने भएकाले उतपादन भएका फलहरु विक्री गर्न सहज पनी हुने भएकाले किसानहरुको आर्थीक उन्नती तथा जिविकोपार्जनमा मद्दत पुग्ने विश्वास रहेको छ । अक्सफाम नेपाल र निड्स नेपालद्धारा सञ्चालित स्कोप आर थ्री परियोजनाले बाढी प्रभावित क्षेमा काम गर्ने हुदा यस क्षेत्रका किसानहरु लाई नगरपालिका संगको सहयोगमा दश कट्टा जग्गामा पाँच सय थान पिलर सहित ड्रागनफ्रुटका विरुवा र प्रािवधिक सहयोग गरिएको स्कोप आर थ्री परियोजना संयोजक ईश्वर उपाध्यायले वताउनु भयो । साथै उहाले ड्रागनफ्रुट स्वास्थ्यका हिसावले फाइदा र आम्दानी पनी राम्रो हुने हुदा यसबाट आर्थीक अवस्था कमजोर भएका व्यक्तीहरुको आर्थीक स्तरमा सुधार हुने अपेक्षा गरिएको वताउनु भयो ।

ड्रागनफ्रुट स्वास्थ्यका हिसावले अति उत्तम र आर्थीक अवस्था सुधारका लागी पनी महत्वपुर्ण भएकाले यसखेतिलाई मिहेनतका साथ अघि बढाउन भीमदत्त नगरपािलकाका नगरप्रमुख पदम बोगटीले सुझाव दिनु भयो । साथै उहाले नगरपालिकाको तर्फबाट गर्ने सहयोगका लागी आफु सधै तयार भएको वताउनु भयो । अक्सफाम नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित स्कोप आर थ्री परियोजनाले विषेस गरि विपद प्रभावित क्षेका नागरिकहरुका लागी जिविकोपार्जनका लागी विभिन्न कामहरु गर्दै आएको छ । हाल कञ्चनपुरका भीमदत्त नगरपालिका, दोधारा चादनी नगरपालिका, वेलडाडी गाँउपालिकाका साथै डडेलधुराको परशुराम नगरपािलकामा परियोजना सञ्चालनमा रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img