कञ्चनपुर : नगर स्तरीय लागू औषध ओसार पसार नियन्त्रण सम्बन्धि अभियान समिक्षा क्रार्यक्रम सम्पन्न भएको छ । वेदकाेट नगरपालिकाकाे आर्थिक सहयाेगमा नमुना महिला अधिकार मञ्च आयाेजक रहेकाे थियाे । सामुदायिक प्रहरी साझेदारीकाे पनि सहभागिता रहेकाे थियाे ।

अहिले दिन प्रतिदिन लागू ओेषध प्रयाेगकर्ता युवाहरूकाे संख्या बढदै गएकाे पाईन्छ । जसले गर्दा युवा युवती दिनहु जसाे प्रहरीले लागू पर्दाथ सहित पक्राउ गरेकाे पाइन्छ। समुदाय प्रहरी साझेदारीबाट जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी निरिक्षक सिताराम बिष्टले कार्यक्रमा लागुऔषध भयावह रुपमा समाजमा देखा परेको बताए । बिभिन्न प्रकारका लागू औषध बारे बताउनुको साथै प्रयोग कर्ताले कसरी प्रयोग गर्छन, लागू ओेषधकाे प्रकार र त्यसकाे प्रर्भाव बारे प्रष्ट पार्नु भएको थियाे ।

बेदकोट नगरपालिका क्षेत्रमा सुधार गृहको आवश्यकता रहेको सहभागीहरुले बताए । लागू ओेषधले एउटा सुन्दर परिवारलाई तहस नहस पारेकाे कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । नमुना महिला अधिकार मञ्चकि अध्यक्ष हिरा जैसीले कार्यक्रममा स्वागत मन्तब्य तथा १० वटै वडाहरुमा गरेको कामको प्रतिवेदन पेश गर्नु भएको थियाे । वडास्तरमा दवाव समूह गठन गरी वडामा लागुऔषध नियन्त्रण गर्न सहज हुने र नगर स्तरीय दवाव समुहले थप कार्य गर्न मद्दत हुने बिश्वास गरेको मन्चकी अध्यक्ष जैशीले बताउनुभयो ।

लागु औषध नियन्त्रणमा हामी सबैले लाग्नु पर्छ । घर परिवारबाट नै सबैले आ-आफ्ना नानि बाबुहरूकाे दिनचर्यामा ध्यान दिनु जरुरी छ। याे समस्या अहिले देशकै लागि पनि जटिल समस्या भएको प्रमुख अतिथि नगर प्रमुख भाेजराज बाेहराले बताए ।
आज भएको कार्यक्रमकाे अध्यक्षता वेदकाेट नगरपलिकाकाे उप प्रमुख तुलसि जाेशी रहनु भएको थियाे प्रमुख अतिथि वेदकाेट नगरपालिकाका नगर प्रमुख भाेजराज बाेहराले गर्नु भएको थियाे । क्रार्यक्रम सञ्चालन सुनिता भट्टले गर्नु भएको थियाे ।






