पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाको दक्षिण दिशाको जगबुडा नदीको पारि एक बस्ती छ् । जुन बस्ती भारतको उत्तर प्रदेश संग जोडिएको बस्ती हो । बस्तीमा झण्डै ५० घरधुरी रहेका छन् । कुतियावकर बस्तीमा पुग्न झोलुङ्गे पुलको प्रयोग गर्नु पर्छ् । जुन झोलुङ्गे पुलमा पुग्न वर्षायाममा बाढीको पानी तर्नु पर्छ् । पश्चिम तर्फबाट बग्ने जगबुडा र पुर्व/उत्तर तर्फबाट बग्ने महाकाली नदीले कुतियावकर बस्तीलाई घेरेको छ् । दशगजा क्षेत्रमै गाँसिएको कच्ची घरहरु छन् । महाकाली नदी र जगबुढा नदीले वर्षायाममा जोखिम संगै सास्ती खेप्नुपर्छ् । महाकाली नदी र जगबुडा नदीको बाढीको कारण बस्तीनै उच्च जोखिममा छ् । बाढी आएको बेला कुतियाकवर बस्ती सम्र्पक बिहिन हुन्छ् । कुतियावकरका बासिन्दालाई नदी कटानको जोखिम मात्रै छैन, उनीहरुलाई बाढीको बेला ज्यान कसरी जोगाउने भन्ने पिरलो त्यत्तीकै छ् । जगबुडा नदी र महाकाली नदीमा पक्क्की तटबन्ध नहुदा यहाँका बासिन्दा बर्खायाममा निकै कष्टकर जीवन बिताउन बाध्य छन् । बर्खामा बाढीको कारण ज्यान जोगाउन उद्धार गर्नु र उद्धार पछि राहत दिनु बाहेक कुनै विकल्प छैन् । बाढीको कारण कुतियाकवर बस्ती संग सम्बन्धविच्छेदको अवस्थामा पुग्छन् । ‘पानी पर्ना साथ मुटुले ठाँउ छाड्छ ।’ स्थानियहरु भन्छन् । बाढीबाट दोधारा चाँदनी नगरपालिका– १० कुतियावकरका बासिन्दा वर्षा शुरु भए संगै त्रसित हुने गर्छन् । उनीहरुको पीडा पनि उस्तै छ । फेरिएको छैन् ।

महाकाली नदी र जगबुडा नदीको सिरानी रहेको उक्त बस्तीका बासिन्दा बाढी आउने डरले जाग्राम बस्ने गरेको पिडा सुनाउछन् । स्थानीयवासी टेक बहादुर सुनारले वर्षायाम संगै हरेक वर्ष बाढीले बस्तीनै डुबाउने गरेको बताए । गएको बाढीको बेला महाकाली नदीको भंगालो बस्तीमा पसेर क्षतबिक्षत बनाएको सुनारको भनाई छ् । सधैं बाढीको समस्याबाट गुज्रिएका यहाँका बासिन्दाले बस्ती स्थानान्तरणको माँग समेत गर्दै आएका छन् । विगतका कैयौं वर्ष देखि निरन्तर बाढीको चपेटामा पर्ने कुतियाकवरका बासिन्दा पनि बाढीको डरले रातभर सुत्दैनन् । स्थानीयवासी मोतिराम सुनारले भने, ‘वर्षेनी बाढी आउछ हामी आफ्नो ज्यान त जसोतसो गरेर जोगाउछौ तर, आफ्नो ज्यान जोगाउने ध्यानमा बस्तुभाउ र अन्नबाली जोगाउन सक्दैनौं ।’ दैनिक उपभोग्य वस्तु किनमेल, सामान्य औषधी उपचार लगाएत कामका लागि भारतीय बजारमा निर्भर हुदै आएका कुतियाकवर बस्तीमा भौगलिक अवस्थाको कारण सास्तीनै सास्ती छ् ।

‘दु:खका बेला हामीलाई नेपालीनै होईनौं जस्तो लाग्छ’ स्थानियहरु बताउछन् । महाकाली नदी र जगबुडा नदीमा पक्की तटबन्ध नभएको कारण बर्खायामका अधिकांश समय बस्तीमै थुनिएर बस्नुपर्ने बाध्यता रहेको स्थानीय माया देबी सुनारले बताईन् । ‘नदीमा बाढी आएको बेला सिकिस्त बिरामी, वालक र सुत्केरीलाई सुरक्षित स्थानमा लैजान सक्दैनौं । नेपाली प्रशासन र स्थानियहरुले उद्धार गर्नु पर्ने हुन्छ्’, माया देबी सुनारले भनिन्, ‘सरकारले हाम्रो बस्तीको विकासलाई ध्यान दिएन, त्यस्ता दु:खका बेला हामीलाई नेपालीनै होइनौं जस्तो महसुस हुन्छ ।’ उनीहरु उपचार, किनमेल लगाएत सबै जसो कारोबार र व्यवहारमा पूर्णत: भारतमा निर्भर छन् । कुतियावकर बस्तीका स्थानियहरु प्राय: नेपाली बस्ती र बजारनै आउदैनन् । अधिकांशले कुटानी पिसानी देखि लिएर दैनिक उपभोग्य समान खरिद गर्न सिमावर्ती भारतिय बजार जाने गर्दछन् । उनीहरुले हिन्दी मात्रै हैन् बंगाली भाषानै बोल्ने गरेका छन् । आफ्नै देश भित्र आउजाउ गर्न असहज भएपछि उनीहरु भारत तिरकै गाँउ संग बढी नजिक छन् ।

कुतियावकर बस्तीमा बिकासको सुरुवात भएपनि पिडा उस्तै छ् । जब वर्षायाम शुरु हुन्छ तब कुतियाकवर तथा आसपासका तटिय क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाको मुटु काँप्छ ।
उनीहरु वर्षेनी आउने बाढीबाट त्रसित छन् । बाढीबाट स्थानियहरुको ज्यान संग धनमाल जोगाउन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल नामक गैरसरकारी संस्थाले बिभिन्न प्रकारको अभ्यास गर्दै आएको छ् ।






