कञ्चनपुर: कञ्चनपुरका पत्रकार सुरेश धामीलाई राष्ट्रिय प्रजातान्त्रिक पाटीका नेता शिशिर थापा समुहले धम्की दिएका छन । पत्रकार धामीलाई राप्रपा कञ्चनपुरका युवा नेता थापा समुहले कार्यालयमै आएर धम्की दिएका हुन ।
अपिटुडे दैनिकका प्रकाशक समेत रहेका पत्रकार धामीलाई केही काम छ, भन्दै कार्यालयमै बोलाएर धम्की दिएको घटनाको सर्वस्त्र बिरोध गरिएको छ ।
एमाले प्रेस चौतारी नेपाल कञ्चनपुरका संस्थापक अध्यक्ष एव निर्वतमान केन्द्रीय सदस्य धामीलाई कोही काम छ भन्दै राप्रपा नेता थापा नेतृत्वमा आएका केही अराजक समुहले पत्रिका कार्यालयमै आएर अनाश्यक मानसिक यातनादेखि धम्की दिएको घटनाप्रति प्रेस चौतारी कञ्चनपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस चौतारी कञ्चनपुरले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेको छ । चौतारीले संचारगृहमै आएर आफुसंग असम्बन्धीत विषयमा धम्कीदिने र दवाव सृजना गर्ने कार्यको घोर भत्र्सका जाहेर गरेको छ । प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष लक्ष्मण पन्तद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संचारगृहमै आएर धम्कीदिने थर्काउने समुहमाथि कानुनी कार्बाहीका लागि प्रहरी प्रशासनसंग आग्रह गर्दै पत्रकारलाई स्वतन्त्रतापुर्वक काम गर्ने वातावरण सृजन ागर्न समेत माग गरेको छ ।







