जनमोर्चा र नाउपा निकट विद्यार्थी संगठनद्वारा स्ववियू निर्वाचनका लागि क्याम्पसमा संगठन दर्ता


कञ्चनपुर : राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी निकट विद्यार्थी संगठनले पनि आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनका लागि कैलाली कञ्चनपुरका क्याम्पसमा संगठन दर्ता गरेका छन ।
अखिल छैटौँका केन्द्रीय सचिव हेमराज भट्टले कञ्चनपुरको महाकाली कैलाली विभिन्न क्याम्पसमा संगठन दर्ता गरेको बताए । नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरकी नेतृ काली चौधरीले बेलौरीको महाकाली र बेलडाँडी रौलेश्वर आर्दश जनता बहुमुखी क्याम्पसमा संगठन दर्ता गरेको बताईन । अखिल छैटौँले यस अघि कञ्चनपुर, कैलालीका क्याम्पसमा भाग लिदै आएको थियो, भने नागरिक उन्मुक्ति निकट विद्यार्थी संगठन पहिलो पटक चुनावमा सहभागि हुँदैछ ।


Loading Viewer...

ताजा समाचार

spot_img