बहुमत निकट क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि कैलाली कञ्चनपुरका क्याम्पसमा संगठन दर्ता


कञ्चनपुर : नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनका लागि कैलाली कञ्चनपुरका क्याम्पसमा संगठन दर्ता गरेको छ ।
अखिल क्रान्तिकारी सुप प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले त्रिविको निर्वाचन कार्य तालिका अनुरुप कैलाली, कञ्चनपुर सहितका सुप प्रदेशका विभिन्न क्याम्पसमा संगठन दर्ता गरेको बताए ।

उनका अनुसार कञ्चनपुरका सिद्धनाथ विज्ञान, जनज्योती बहुमुखी क्याम्पस, कञ्चन विद्या मन्दिर, बाल जागृती कलेज, कैलालीको बिरेन्द्र विद्या मन्दिर क्याम्प टिकापुर सहित सुप प्रदेशका विभिन्न क्याम्पसमा संगठन दर्ता गरिएको छ । संगठन दर्तासंगै स्ववियू निर्वाचनका लागि क्रान्तिकारीले थप कार्यक्रम गर्नेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img