कञ्चनपुर : नेवाः देय् दबूको सुदूरपश्चिम स्तरिय संस्था संञ्चालन सम्बन्धी १ दिने अभिुमखीकरण तालिम सम्पन्न भएको छ । फाल्गुन १४ गते सोमबार विहान ९ बजे देखि बेलुका ५ बजे सम्म अभिमुखीकरण तालिम दिएको थियो ।

कार्यक्रम सुदूरपश्चिम प्रदेशमा रहेको नेवाः देय् दबूका समितिहरु/सुदूरपश्चिम प्रदेश समिति, जिल्ला समितिका पदाधिकारीहरु, नगर र वडा समितिका अध्यक्षहरु गुठी, खल, पूलका अध्यक्षहरु र नेवा मिस दवू सुदूर पश्चिम प्रदेश पदाधिकारी र जिल्ला नगरका अध्यक्षहरुको सहभागीतामा तालिम संञ्चालन भएको थियो । उक्त कार्यक्रममा बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका प्रतिनिधिहरु उपस्थीत हुनु भएको थियो । संस्थाका पदाधिकारीहरुलाई संस्था के कसरी संचालन गर्ने पदिय जिम्मेवारी र बजेट को व्यवस्थापन तथा बजेटको व्यवस्थापन तथा बजेट माग सम्बन्धमा विस्तृत ज्ञान प्राप्त भएको सहभागीहरुको भनाई रहेको छ ।

नेवाः देय् दबू कैलाली जिल्ला समितिको आयोजनामा संञ्चालित अभिमुखीकरण तालिमको सभापतित्व नेवाः देय् देबु कैलाली जिल्लाका अध्यक्ष कुमारी शैलु श्रेष्ठले गर्नु भएको थियो । प्रमुख अतिथी ः नेवाः देय् दबू केन्द्रीय महिला उपाध्यक्ष रश्मीला प्रजापति रहनु भएको थियो भने विशिष्ट अतिथीमा नेवाः देय् दबू केन्द्रीय उपाध्यक्ष विकास श्रेष्ठ, सदस्य पुनम श्रेष्ठ रहनु भएको थियो अतिथीमा नेवाः देय् दबु राष्ट्रीय परिषद सदस्य रमण चन्द श्रेष्ठ, नेवाः मिस दबू केन्द्रीय कोषध्यक्ष बिजया लक्ष्मी शाक्य रहनु भएको थियो ।







