महेन्द्रनगर : कञ्चनपुरको वेदकोट नगरपालिका ७ सुडा स्थिीत पोखरी कटेजमा होली विशेष कार्यक्रम हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै पोखरी कटेजका संचालक रामदास राना र कृष्ण रानाले फागुन २२ गते होली ईभ कार्यक्रम गरिने बताएका छन् । उक्त होली बिशेष कार्यक्रममा राष्ट्रिय तथा भारतबाट पनि कलाकारहरु आउने बताएका छन् । देउडा गायक चक्र बम, भारतिय कलाकार गायिका रिङकु राना, बन्टी राना, विपुल क्षेत्री, हास्य कलाकार अमुत नाथ रहने छन भने कार्यक्रम सञ्चालन सरु जैसी क्षेत्रीले गर्ने छिन् ।

तराईमा होली पर्वलाई विशेष तवरले मनाउने परम्परा रहेको हुँदा आफनो कला संस्कृतीलाई जेगर्ना गर्नको लागि स्थानिय होली नृत्यहरु प्नि प्रस्तुतीमा रहने कटेज संचालक कृष्ण रानाले बताएका छन् । पछिल्लो समय होली पर्वमा विकृती विसंगती फैलिएको भएर आफुहरुले विशुद्ध रुपमा फागु पूर्णिमा अर्थात रंगहरुको होली खेल्ने व्यवस्था मिलाउने उनले बताए । साथै उक्त कार्यक्रममा बिभिन्न खेल कार्यक्रम लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।

कञ्चनपुरमा पछिल्लो समय पोखरी कटेज सबैको केन्द्रबिन्दुको रुपमा रहेको छ । टिकटक बनाउने तथा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि घुम्नको लागि घुईचो लाग्ने र दैनिक ४ सय दखी ५ सय जनाले उक्त कटेजमा घुम्न तथा अवलोकन गर्न आउने गरेको कटेज संचालक रानाले जानकारी दिएका छन् । उक्त कार्यक्रममा ५ हजार जना दर्शकहरुले अवलोकन गर्ने अपेक्षा रहेको बताईएको छ ।







