कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा रहेको सरस्वती माध्यामिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच विद्यालयले ५०औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक जगन्नाथ पाण्डेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरमा प्रतिबद्धता जाहेर गरेका छन ।
कार्यक्रममका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावल, बिशिष्ठ अथिति प्रदेश सभा सदस्य बेल ब. राना मधु भारती, भीमदत्त नगरका मेयर पदम बोगटी, उपमेयर निलम लेखक सहितका अथितिले विद्यालयको बृद्धि विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम भट्टले आगामी शैक्षिकसत्रदेखि विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्ने घोषणा गरेका छन । विद्यालयका सहायक प्रद्यानाध्यापक नवराज पन्त, शिक्षक मनोज प्रशाद भट्टले कार्यक्रम संचालन गरेका थिए । उत्कृष्ठ विद्यार्थी, विद्यालयको बृद्धि विकासका लागि सहयोग पु¥याउने अभिभावक, शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, नागरिक समाज सहितको सहभागिता रहेको थियो ।







