बेलौरी पर्यटन महोत्सव समापन


कञ्चनपुर : दोस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला समापन गरिएको छ । २६ माघ बिहीबारदेखि शुरु भएको बेलौरी महोत्सव सोमबार समापन गरिएको हो ।
‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धिको बेलौरी आधार’ भन्ने मुल नाराका साथ बिहीबारदेखि बेलौरी खुलामञ्चमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएका थियो । बेलौरी उद्योग वाणिज्य संघको आयोजना एव बेलौरी नगरपालिकाको सह आयोजनामा दोस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला संचालन भएको महोत्सवको बेलौरी नगरका प्रंमुख पोलिलाल चौधरीको प्रमुख आथित्यमा सम्पन्न भएको हो । प्रमुख अतिथि बेलौरी नगरका प्रमुख चौधरीले बेलौरी भन्सार नाका विस्तार, स्मार्ट सिटीदेखि एकीकृत दिगो विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरिएको बताए । यस अघि बेलौरी उद्योग वाणिज्य संघले ०७५ सालमा पहिलो पटक प्रथम बेलौरी महोत्सव आयोजना गरेको थियो । महोत्सवमा विभिन्न स्थानीय उत्पादित बस्तु तथा सेवा एव व्यवसायिक तथा कृषि उपज राखिएका थिए । तीन बर्षपछि बेलौरीमा बृहद महोत्सव हुन थालेपछि स्थानीय सर्वसाधारणलाई समेतलाई मेला अवलोकन एव किनमेल तथा मनोरन्जन र व्यवसायीलाई आफ्नो उत्पादित बस्तु तथा सेवा प्रर्बद्धनमा टेवा पुगेको दावि गरिएको छ । महोत्सवमा स्थानीय कला संस्कृतिका खाद्य परिवारका साथै विवित बस्तु तथा सेवा राखएको र करोडौँको कारोबार हुने दावि गरिएको छ । महोत्सव सन्तोषजक सम्पन्न भएको आयोजकले जनाएको छ ।


ताजा समाचार

spot_img