कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा साँस्कृतिक विशेष कार्यक्रम शुरु भएको छ ।
शनिबारदेखि नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा साँस्कृतिक विशेष कार्यक्रम शुरु भएको हो । ‘राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण’ मुल नारा लिएर नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनमा साँस्कृतिक विशेष कार्यक्रम शुरु भएको हो । महाशिवरात्रीको अवसरमा आयोजित विशेष साँस्कृतिक कार्यक्रमको एक कार्यक्रमका विच निर्वतमान सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीले उद्घाटन गरेका छन । निर्वतमान संसद जोशीले नेपालीको मौलिक लोक संस्कृति प्रर्बद्धनसंगै आर्थिक गतिबिधी बृद्धिमा जोडदिए । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहेका नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य जनकराज जोशीले लोक साँस्कृतिक परम्परा प्रर्बद्धनका साथै आर्थिक क्षेत्रलाई चलायनमान गराउन महोत्सव केन्द्रीत भएको बताए । ‘शिवरात्रीलाई हामीले एकातिर साँस्कृतिक रुपमा प्रर्बद्धन गर्नुपर्छ, ‘उनले भने, ‘अर्कातिर आर्थिक क्षेत्रको समेत विस्तार गर्नुपर्छ ।’ कार्यक्रमका अर्का विशिष्ठ अतिथि नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य दिपक राज भट्टले विशेष साँस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने बताए । महोत्सव फागुन ९गतेसम्म संचालन हुनेछ ।







