महाकाली मोर्डन पब्लिक स्कुलको बार्षिकोत्सव


 कञ्चनपुर: कञ्चनपुर भीमदत्त नगरपालिका ३महेन्द्रनगर भाँसीमा रहेको महाकाली मोर्डन पब्लिक स्कुलको बार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच ३१औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । महाकाली मोर्डन पब्लिक स्कुलका प्रिन्सिपल दिजराज भट्टले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक सुधारका प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा उत्कृष्ठ विद्यार्थीलाई सम्मान एव पुरस्कृत गरिएको थियो ।

विवित सुदूरको लोक संस्कृति झल्किने नृत्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हक ब. धामीको अध्यक्षतामा भएको कार्यक्रमको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अभिभावक एव विद्यार्थीको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img