कञ्चनपुर:सशस्त्र प्रहरीले कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रबाट लाखौँ भारु रुपैया सहित सुनचाँदीका गर गहना सहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार राती पुनर्वास नगरपालिका ४ सीमा क्षेत्र कारगिलडाँडाबाट लाखौँ भारु रकम सहित३ जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ३५ हेक्वाटर शैलेश्वरी गणले अवैध नगद रुपैया, सुनचाँदनी सहित तीन जना नेपाली युवालाई पक्राउ गरेको जनाएको छ ।

शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले स्रोत नखुलेको भारु रुपैया सहित विभिन्न प्रकृतिको गरगहना बरामद गरिएको बताए । पक्राउ पर्नेमा गोदाबरी नगरपालिका ८ कैलालीका अमर भुल, खडक सिह भुल र आलिताल गाँउपालिका ४ डडेल्धुराका बिरेन्द्र सार्की रहेका छन । उनीहरुको साथबाट १५लाख, २८ हजार, ५८८रुपैया भारु, ६सय ५५ नेपाली रुपैया सहितसुनचाँदनीका दर्जनौँ गरगहना समेत बरामद गरएका हुन ।

सिग्री, पाउजु, औठी बाला, टप, बटम झुम्का, टाउकोमा लगाउने गहना, जन्तर, घडी, झोला, तीन थान मोबाईल बरामद गरिएका छन । उनीहरुले सशस्त्र प्रहरी सामु मालिकको घरबाट चोरी गरेर ल्याएको बयान दिएका छन । पक्राउ परेका तीनै जना सहित रुपैया गरगहना सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ । सशस्त्र प्रहरीले भारत मालिकको घरबाट नगद सहित सुनचाँदनी गरगहना चोरेर नेपाल आएको अथ्र्याएको छ ।







