कञ्चनपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले महाकालीमा निर्माणधिन पक्की पुलको स्थलगत अनुगमन गरेका छन । सोमबार प्रधामनमन्त्री प्रचण्डले निर्माणाधिन महाकाली पुलको स्थलगत अनुगमन गरेका हुन । अनुगमनका क्रममा महाकाली पुल आयोजनाका प्रमुख राम बहादुर गुरुङ्गले पुलबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए । निर्माणाधिन पुलमै केही समय उभिएर प्रधानमन्त्री प्रचण्डले पुल र दक्षिणी तर्फ बाँध निर्माण स्थलको अवलोकन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले महाकाली पुल क्षेत्रमा बर्षा लाग्नु अघि बाँध निर्माण आवश्यक रहेको बताएका छन । ‘त्यहाँ बाँध निर्माण प्रकृया बारे मैले ब्रिफ्रिङ लिएको छु, ‘प्रचण्डले भने, ‘त्यहाँ छिट्टै सहयोग गर्नुपर्ने आवश्यकता छ ।’ प्रधानमन्त्री प्रचण्डले बर्षा लाग्नु भन्दा अगाडी त्यसका लागि बाँध सम्पन्न नभए ठुलो खतरा हुने चिन्ता व्यक्त गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव जिले मन्त्रिपरिष्दमा ल्याउने प्रंस्ताव पारित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महाकाली पुल आयोजनाका प्रमुख राम बहादुर गुरुङ्गले प्रधानमन्त्री समक्ष बाँध निर्माणका लागि ढुङ्गा अभाव भएको विषय दर्शाएका थिए । दोधाराचाँदनी नगरपालिका १ चाँदनी स्थित निर्माण हुने सुख्खा बन्दरगाह लागि मुख्य पचुँच मार्ग सहित महाकाली कोरिडोरसंगै त्रिदेशीय नाकाको रुपमा विकास गर्ने र दोधाराचाँदनीका जनताको यातायातका साथै थुप्रै क्षेत्रमा टेवा पु¥याउने उदेश्यका साथ चार लेनको पक्की पुल निर्माण गरिएको छ । महाकाली पुलदेखि उत्तरपुर्वत तर्फको बाँध यस अघि भत्किएकाले चुनौतीपुर्ण रहेको छ । भत्किएको बाँध निर्माणसंगै चुरेदेखि गाउँबस्ती हुँदै भीनपा १२ ओदाली स्थित महाकाली नदीमा मिसिने भुजेला खोला नदीमा वाढी आएसगै उल्टै गाँउपस्ने भएकाले वाढीको समेत चुनौती रहेको छ । भारतसंगको नजिकको दुरीमा रहेको पुल निर्माणसंगै समग्र पश्चिम क्षेत्रको आर्थिक सम्बृद्धि हुने समेत अपेक्षा गरिएको छ । पुलले थुप्रै आयाम बोकेका छन ।







