कञ्चनपुर: दिन अघि मात्रै वडाध्यक्ष र नेकपा माओवादी परित्याग गरेका बहादुर सिह महराले शुक्लाफाँटा नगरका माओवादी वडाध्यक्षलाई लगेका छन । शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष र पाटी परित्याग गरेका महराले शुक्लाफाँटा नगरपालिका ११ का माओवादी वडाध्यक्ष एव कृष्ण सामुदायिक वनका अध्यक्ष दान बहादुर बोहरालाई लगेका हुन ।

वडाध्यक्ष र पाटी परित्याग गरेर नेकपा बहुमतका प्रवेस गरेका महराले बोहरालाई पाटी प्रवेस गराएका छन । बोहराले समेत आफु माओवादी परित्याग गरेर नेकपा बहुमतमा गएको विज्ञप्ती जारी गरेका छन । वडाध्यक्ष समेत रहेका महरा बैजनाथ सामदायिक वन र बोहरा कृष्ण सामुदायिक वनका अध्यक्ष हुन ।

दुवै वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको थियो । दुवै माओवादीबाट नेकपा बहुमत प्रवेस गरेसंगै शुक्लाफाँटा नगरको राजनीतिमा थप नयाँ तरङ्ग आएको स्थानीयको भनाई छ ।







