सामुदायिक वन क्षेत्रका उपभोक्ता व्यवसायमा

कञ्चनपुर : कञ्चनपुरका सामुदायिक वन क्षेत्रका उपभोक्ता विभिन्न व्यवसायमा जुटेका छन । वनमाथि आश्रित विपन्न समुदाय सामुदायिक वन क्षेत्रका उपभोक्ता विभिन्न व्यवसायमा जुटेका हुन । लालझाडी मोहना संरक्षित वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन क्षेत्रका उपभोक्ता जिविकोपार्जनका लागि व्यवसायमा जुटेका छन । आर्थिक रुपमा विपन्न एव फरक क्षमता भएका उपभोक्तालाई सामुदायिक वन, तराई भू परिधी कार्यक्रम मार्फत सहयोग पाईएपछि उनीहरु जिविकोपार्जका लागि व्यवसायीमा जुटेका हुन । उनीहरुले होमेष्ट संचालन, बाख्रा पालनदेखि किराना पसल व्यवसाय शुरु गरेका छन । लालझाडी गाँउपालिका १बिनवारीका अपाङ्गता भएका श्याम सुन्दर राना किसाना पसल संचालन गरिरहेका छन ।

अपाङता भएका रानालाई समेत आर्थिकसहयोग पाएपछि उनीहरु आत्मनिर्भरमा जुटेका छन । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका किरण बहादुर सिहले बाख्रा पालेका छन । उनले सुनदेवी उपभोक्ता मार्फत बाख्रा पालनका लागि सहयोग पाएपछि बाख्रा पालन व्यवसायमा जुटेको बताए । ‘हामीले खुला रुपमा बाख्रा पालन गर्दै आएका थियौँ, ‘उनले भनिन, ‘गोठ नहुँदा जंगली जनावरको खाने समस्या थियो, सुधारिएको खोर पाएपछि हामीलाई सुविधा भएको छ ।’ सुनदेवी उपभोक्ता समितिका सचिव दामोदर जोशीले निकुञ्ज क्षेत्रमा तारजाली जडानका साथै स्थानीय उपभोक्ताका लागि सुधारिएको खोर निर्माण गरिएको बताए । भीमदत्त नगरपालिका १४ निकुञ्ज किनार प्रभावित क्षेत्रका स्थानीय थारु समुदाय होमेष्टे संचालनमा जुटेका छन । उनीहरुले घरमै होमेष्टे संचालन गरेर आय आर्यजन गरिरहेका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंगै भीमदत्त नगरपालिका १४ र १६ मा बनकट्टीमा रानाथारु समुदायको जिविकोपार्जनका लागि रानाथारु होमेष्ट संचालन गरेका छन ।

रानाथारु होमेष्टका अध्यक्ष पर्शुराम थारुले होमेष्ट संचालनमा आएपछि आर्थिक गतिबिधी बढेको बताए । ‘हामीलाई समाग्री तालिमदेखि व्यवस्थापन तालिम दिएपछि होमेष्टे संचालनमा सहज भएको छ, ‘उनले भने, ‘विपन्न जनता आर्थिक गतिबिधीमा संलग्न छन ।’ सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले हात्तीको कोरिडोर बासस्थानमा बाधा उत्पन्न भएपछि मानव र बन्यजन्तुविच द्वन्द्व बढिरहेको बताए । ‘दुधुवा नेशनल पार्कदेखि हाम्रो लालझाडी मोहना संरक्षित वनमा हात्ती प्रवेसका लागि विचमा मानव बस्ती छ, ‘उनले भने, ‘त्यही भएर हात्तीले आफ्नो करिडोर डिस्टर्ब मानेर मानवबस्तीमा जाँन्छ ।’मानव र बन्यजन्तुविचको द्वन्द्व न्यूनिकरणका लागि सरकारी तथा गैर सरकारी निकायबाट थुप्रै प्रयास भएको बताए । डिभिजन वन, निकुञ्ज सहित तराई भू परिधी कार्यक्रम, एनटिएनसीबाट थुप्रै संरक्षणका लागि प्रयास भएको बताए ।

‘संरक्षणको क्षेत्रमा कार्यरत सरकारी एव गैर सरकारी निकायले वन, पर्यावरण, बन्यजन्तुको संरक्षणका साथै प्रभावित क्षेत्रका उपभोक्ता जनताको जिविकोपार्जनका लागि थुप्रै कार्यक्रम अघि बढाएको छ, ‘उनले भने, ‘यो संगै अब थप दिर्घकालिन योजना अघि सारेर मानवबन्यजन्तुविचको कार्यक्रम अघि बढाउनुपर्छ ।’ हात्तीको मुख्य कोरिडोर कञ्चनपुरको लालझाडी–मोहना सरक्षित वन, चुरे र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा तराई भूपरिधी कार्यक्रमले वन पर्यावरण, बन्यजन्तु संरक्षणका साथै मानव–वन्यजन्तु न्यूनिकरणका लागि थुप्रै प्रयास गरेको छ । सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले तराईभूपरिधी कार्यक्रम मार्फत सिस्ने क्षेत्र व्यवस्थापनदेखि, विपन्नलाई आर्थिक उर्पाजनका कार्यक्रममा सहभागि गरेर जैविक विविधता संरक्षण गर्दै मानवबन्यजन्तुविच द्वन्द्व न्यूनिकरणका लागि प्रयास भएको बताए । अध्यक्ष पन्तले फेरीपनि वन क्षेत्रका विपन्न उपभोक्ताका लागि अन्य कार्यक्रम संचालनमा जोडदिएका छन ।

ताजा समाचार

spot_img